२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

मेयर हर्क साम्पाङको राजीनामा माग !

भदौ १४, काठमाडौ : सामाजिक सञ्जालमा अ-भद्र र अ-सभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागेको छ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) का अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजी-नामा मागेका हुन्।

मेयर साम्पाङले सामाजिक सञ्जालमा अ-भद्र र अ-सभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्दन गरेको आरोप संगठनले लगाएको छ। राजीनामा नदिए कडा आन्दो-लन गर्ने चेता-वनी पनि उसले दिएको छ।

केही दिनअगाडि अगाडी धरानका मेयर साम्पाङले काठडौंका मेयर बालेन्द्र शाहप्रति लक्ष्य गर्दै इन्जिनियरहरूलाई क-टाक्ष गरेका थिए।

सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफूबाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसाप्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणीप्रति राप्रवि संगठन घोर भर्त्सना र वि-रोध गर्दछ, विज्ञप्तिमा भनिएको छ।

छिमेकी देश भारतमा इन्जिनियरिङ पेसाबाट उदाएका अरबिन्द केजरिवाल राजनीतिमा प्रवेश गरेसँगै नयाँ दिल्लीमा भएको विकासलाई उदाहरण दिँदै धरानका मेयरलाई मर्यादित

बन्न आग्रह गरिएको छ। मेयर साम्पाङको तुच्छ शब्दले विवेकशीलता, कूटनीतिक क्षमता र बोलीको परिपक्वतामा प्रश्न उठेको राप्रवि संगठनले उल्लेख गरेको छ।

२०७९ भाद्र १३, सोमबार प्रकाशित 1 Minute 81 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।