२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

मेयर बालेन एक्सनमा, मुक्तिनाथ विकास बैंक तत्काल हटाउन दिए निर्देशन !

मेयर बालेन एक्सनमा, मुक्तिनाथ विकास बैंक तत्काल हटाउन दिए निर्देशन !

भदौ ९, काठमाडौं : काठमाडौं महानगरपालिकाले गौशालास्थित मुक्तिनाथ विकास बैंक तत्काल हटाउन निर्देशन दिएको छ।

स्टोरका लागि स्वीकृति लिएको अन्डर-ग्राउन्डमा बैंकको शाखा राखेकाले तत्काल हटाउन निर्देशन दिएको काठमाडौ महानगरपालिकाले जनाएको छ।

सोमबारदेखि अवै-ध संरचना हटाउने अभियान सुरु गरेको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले नयाँ बानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउन्ड तत्काल खाली गर्न निर्देशन दिएका थिए।

त्यससँगै गौशाला स्थित मुक्तिनाथ विकास बैंक रहेको भवन समेत जानकारी लिने र आवश्यकता अनुरुपको निर्देशन र कार’बाहीको प्रक्रिया अघि बढाउने भन्दै खाली गर्न निर्देशन दिएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

२०७९ भाद्र ९, बिहीबार प्रकाशित 1 Minute 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।