२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

मेयर साहले लिए कडा कदम, नगर प्रहरी प्रमुख धनपती सापकोटाको पद खोसियो !

भदौ ६,काठमाडौ : अत्यन्तै वि’वादित छविका काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाको जिम्मेवारी खोसिएको छ ।

उनलाई मेयर बालेन शाहले जिम्मेवारीबाट हटाएका छन् ।
लामो समय देखी काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका धनपती सापकोटा महानगरबासीका

विचमा निकै अलोकप्रिय रहेका थिए । मेयर बालेन शाहलाईनै बदमान बनाउन समेत उनले भूमिका खेलिरहेको आरोप उनीमाथी लाग्ने गरेको थियो । सापकोटाको जिम्मेवारी बालेनले खोसेका छन् ।

केहि समय अघि बालुवाटारमा मकै पोलेर बस्ने दम्पत्तीको गाडा नगर प्रहरीले जब-र्जस्ती खोसेर लगेको प्रकरणले मेयर शाहको निकै आलो-चना भएको थियो । सो प्रकणको मुख्य डिजाइनर धनपीत सापकोटानै रहेका थिए ।

उनकै आदेशमा मकै पोलेर जीविकोपार्जन गर्ने दम्पत्ती माथी नगर प्रहरीले अभद्र व्यवहार गरेको थियो । नगर प्रहरी प्रमुख सापकोटाको निर्देशनमा त्यस्तो काम भएको भएता पनि गाली भने बालेनले खाएका थिए ।

त्यस बेला देखीनै बालेनले उनलाई अतिरिक्त निगरानीमा राखेको र त्यस यता पनि उनको समग्र व्यवहार अध्ययन गरिसके पछि हटाउँनै पर्ने निष्कर्षमा बालेन पुगेको बताइएको छ ।

बालेनले सापकोटालाई हटाएर नगर प्रहरी प्रमुखमा एसपी राजु पाण्डेलाई नियुक्त गरेका छन्।काठमाडौं महानगरपालिकाका सह-प्रवक्ता महेश काफ्लेका अनुसार नियमित प्रकृया अनुसार ९एसपी०धनपति सापकोटालाई परिवर्तन गरिएको हो।

उनले भने, लामो समयसम्म उहाँले नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो प्रकिया अनुसार नै उहाँलाई हटाइएको हो अन्य कुनै कारण छैन। यसअघि नगर प्रहरी प्रमुख धनपतिलाई मेयर बालेनले प्रशासनतर्फ खटाएको उनले बताए।

काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) छन्। जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको सह(प्रवक्ता महेश काफ्लेले बताए। नगरप्रहरी प्रमुख पाण्डेले आफूलाई दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पालाना गर्ने बताए ।

म यसअघि पनि नगर प्रहरीकै काम गरिरहेको हो । थोरै जिम्मेवारी हेरफेर भएको मात्रै हो । पाएको जिम्मेवारी इमान्दारिताको साथ पुरा गर्छु, उनले भने ।

यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर बालेनले प्रशासनतर्फ खटाएका छन् ।त्यस्तै, काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुक र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

धानुक र बालेनबीच राष्ट्रिय सभागृह भृकुटीमण्डपमा भेटघाट तथा छलफल भएको हो । छलफलमा ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरी सहभागी थिइन् ।

उनीहरूबीच काठमाडौं उपत्यकामा चुनौतीको रुपमा रहेको फोहोर व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको छ ।ट्राफिक व्यवस्थापन र समग्र शान्ति सुरक्षाका सम्बन्धमा पनि छलफल भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

२०७९ भाद्र ६, सोमबार प्रकाशित 1 Minute 463 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।