२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

यूएई गएर अलपत्र परेका मण्डलको उद्धार !

भदौ ५, काठमाण्डौ : भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गएर अलपत्र परेका सप्तरीको तोपा–कजौलीका ललितकुमार मण्डललाई मधेशी एकता समाजले उ-द्धार गरी स्वदेश फर्काएकाे छ ।

आवश्यक सबै सहयोग गर्दै कानुनी प्रक्रिया पूरा गरेर एकता समाज यूएईका उपाध्यक्ष कृष्ण ठाकुरको पहलमा मण्डललाई गएको भदौ १ गते इन्डिगो एअरलाइन्सबाट बुधवार स्वदेश फर्काएकाे हो ।

एक जना नेपाली एजेन्टले काम लगाइदिने प्रलोभन दिएर मण्डललाई भिजिट भिसामा गएको जनवरीमा दुबई लगेका थिए । तर नेपाली एजेन्टको दुबईमा रहेको बंगाली एजेन्टले त्यहाँको कम्पनीमा भिसा नलगाइकनै काम लगाइदिएका थिए ।

त्यस कम्पनीले तलब र अन्य सुविधा नदिएपछि मण्डल गएको जुलाईको अन्त्यदेखि काम छाडी अजमान बसपार्कको चौरमा भो’कभो’कै रात बिताउन बाध्य भएका थिए ।

एकता समाजका प्रवक्ता ललित रेले मण्डलको अवस्था थाहा पाएपछि समाजलाई जानकारी गराउनुभएको थियो । त्यसपछि समाजका यूएई उपाध्यक्ष ठाकुरले मण्डललाई उ’द्धार गरेर झन्डै दुई हप्ता आफूसँगै राख्नुभएको थियो ।

स्वदेश फर्किने क्रममा आबुधाबी विमानस्थलमा प्रतिक्रिया दिँदै पी-डित मण्डलले भिजिट भिसामा काम गर्न विदेश नजान सबैलाई आग्रह गर्नुभयो । भिजिट भिसामा खाडी देश गए आफूजस्तै अरूले पनि दुःख पाउने भन्दै उहाँले युवालाई सचेत गराउनुभयो ।

२०७९ भाद्र ५, आईतवार प्रकाशित 1 Minute 90 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।