२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

मेयर साम्पाङ भन्नुहुन्छ – धरानमा फोहोर छैन र कुनै गल्लीमा भेटियो भने पनि ५ मिनेटमा उठाउन लगाउँछु।

भदौ ४, काठमाडौ : धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङ राईले धरानको सडकमा फोहोर नभएको बताएका छन्। उनले सामाजिक सञ्जालमा आएका धरानमा फोहोर

व्यवस्थापन नभएको भन्ने खबर झुटो भएको बताएका छन्।
उनले धरानको ल्याण्डफिल साइटमा भएको फोहोरलाई देखाएर गतल सूचना सम्प्रेषण भएको बताएका छन्। उनले शुक्रबार आफ्नो फेसबुक लाइभमा बोल्दै इटहरी दुर्गन्धित भनेर आएको

खबर पनि झुटो भएको बताए। लाइभमा बोल्दै उनले कसैले बाटोमा फोहोर फालेको खण्डमा फोहोर फाल्नेलाई जरिवाना तिराउने बताएका छन्। धरानमा फोहोर छैन र कुनै गल्लीमा भेटियो भने पनि ५ मिनेटमा उठाउन लगाउँछु। उनले भने।

थप समचार, निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवारी दर्तासँगै अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। आयोगले निर्वाचन आचारसंहिताको मस्यौदामा यस प्रकारको नयाँ व्यवस्था राखेको हो।

आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले सरोकारवालासँगको छलफलपछि आएका सुझावअनुसार थप केही व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए ।

यसअघि उम्मेदवारले अचल सम्पत्तिको विवरण राख्ने व्यवस्था राखिएकोमा अब उक्त व्यवस्था परिमार्जन गर्न लागिएको हो। यो व्यवस्थापछि उम्मेदवारले चल, अचल सबै सम्पत्ति विवरण पेस गर्नुपर्ने हुन्छ।

आचारसंहिता परिमार्जन गर्नुअघि आयोगले संशोधन गर्न लागेको विषयबारे राजनीतिक दलहरूसँग छलफल गर्नेछ। आचारसंहिता थप गर्ने विषयहरूमा राजनीतिक दलसँग आयोग पदाधिकारीले भदौ ६ गते छलफल गर्ने कार्यक्रम तय भएको छ।

यो खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।

२०७९ भाद्र ४, शनिबार प्रकाशित 0 Minutes 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।