२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

गौतमबुद्ध विमानस्थल बाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट !

भदौ २, काठमाडौ : सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको निर्देशनपछि शुक्रबारबाटै कार्यान्वयन गर्न पत्र पठाइएको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

पर्यटन क्षेत्र पुनरूत्थान कार्य योजना, २०७९ अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा लगायतका शुल्कमा दिइएको शत प्रतिशत छुटलाई निरन्तरता दिइने भनिएको छ।

त्यस्तै ग्राउन्ड ह्यान्डलिङ शुल्कमा निश्चित प्रतिशतसम्म छुट दिइने व्यवस्था गरिएको हो। सोही अनुरूप, विमानस्थल सेवा शुल्क नियमावली- २०७८ बमोजिम गौतमबुद्ध अन्तर्राष्ट्रिय

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुयानहरूलाई अर्को निर्णय नहुँदासम्म ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट हुने प्राधिकरणले जनाएको छ।

२०७९ भाद्र २, बिहीबार प्रकाशित 1 Minute 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।