
भदौ १, काठमाडौ : स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन शाह र उसै गरि धरान उपमहानगरपालिकाको
मेयरमा निर्वाचित भएका हर्क साम्पाङ विच जुहारी चलेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँ आएर फेरी धरान फर्किएका छन् । धरान फर्किए लगत्तै उनले लेखेको स्टाटसमा कमेन्ट गरेर काठमाडौँ महानगरपालिकाका
मेयर बालेन शाहले प्रत्युत्तर पठाएर जुहारी खेलेका छन् ।
बालेन र साम्पाङ विचको जुहारी अहिले सामाजिक संजालमा भाइरल भएको छ । साम्पाङले धरान पुग्ने वित्तिकै आफु काठमाडौँ गएकै कारण फोहोर उठ्न थालेको स्टाटस
लेखेका थिए उक्त स्टाटसमा कमेन्ट गर्दै बालेनले हर्क साम्पाङले चुनाव आफ्नो कारणले जितेको दाबी गरेका छन् । साम्पाङले आफ्नो सामाजिक संजालमा जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ १ कम्से कम काम त
शुरु गरे १ भन्ने स्टाटस लेखेका छन् जसको जवाफमा बालेनले होनी तपाइलाई मैलै चुनावमा लौरो चिन्ह लिएर चुनाव पनि त जिताएकै होनी भनेर कमेन्ट गरेका छन् ।
दुई जना स्वतन्त्र उमेदवार बनेर चुनाव जितेकाहरुको यसरी जुहारी परे पछि सामाजिक संजाल प्रयोगकर्ताहरुले स्क्रिन सट गरेर सामाजिक संजालमा भाइरल गराएका छन् धेरैले दुवै जनाको आलोचना गरेका छन् । स्वतन्त्रहरुले आपसमा लडेर सिद्धिन लागेको चर्चा धेरैले गरेका छन् ।
स्थानिय तहको निर्वाचनमा बालेन काठमाडौँ महानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर उठेका थिए भने हर्क धरान उपमहानगरपालिकाका स्वतन्त्र उठ्दा उनले पनि लौरोनै चुनाव चिन्ह पाएका थिए दुवैले भारी मतका साथ निर्वाचित भए पछि देशै भरी प्रशंसा पाएका थिए ।
काठमाडौँका मेयर बालेन शाहले आफुले लौरो चिन्ह लिएका कारण भएको चर्चाले हर्कले पनि चुनाव जितेको दाबी गरेका छन् । दुई मेयरका विचमा भएको जुहारीले राजनितीक दलका कार्यर्ताहरुलाई भने रमिता भएको छ ।
४ दिन काठमाडौँ बसेर धरान फर्किएका साम्पाङले धरान पुग्ने वित्तिकै यस्तो स्टाटस लेखेका थिए । त्यस लगत्तै बालेनले पनि त्यस्तो कमेन्ट गरेका थिए । बालेन शाहले काठमाडौँको
फोहोरलाई मुद्धा बनाएर चुनाव जितेका थिए भने हर्कले खानेपानीलाई मुद्धा बनाएर चुनाव जितेका थिए ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको जुहारी हेर्नुहोस् !
ओटिभी नेपाल