२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

मेयर बालेनले दिए काठमाडौ वासीलाई खुसीको खबर !

साउन २९, काठमाडौ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन्।शनिबार बेलुकी एक सय ५२ वटा गाडी

फोहोर बोकेर बञ्चरेडाँडा पुगेको उनले बताए। अवरोध नभए आजदेखि तीन सय ५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनको भनाइ छ। कुनै अव-रोध नभएमा दैनिक २५० देखि

३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्नेछन्, उनले फेसबुकमा लेखेका छन्, शनिबार एक सय ५२ गाडी फोहोर बोकेर बञ्चरेडाँडाँ पुगे। काठमाडौंबाट दैनिक ७५ गाडी फोहोर निस्कन्छ भने त्यति नै मात्रामा विभिन्न पालिकाबाट पनि फोहोर जम्मा हुने गर्छ।

नियमित अवस्थामा फोहोर उठाउने र बञ्चरेडाँडाँसम्म पुर्‍याउन केही समय लाग्न सक्छ, उनले भने, अव-रोध नगर्ने स्थानीय, फोहोर संकलक, कर्मचारी र चालकहरूलाई तथा सुरक्षाकर्मीलाई धेरै धन्यबाद छ।

उनले सिसडोलको अवस्था बञ्चरेडाँडामा नदोहोरिने बताए। थुप्रिएका फोहोरहरुको व्यवस्थापन नभई अन्य विकल्पहरुमा जानु व्यवहारिकरुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौँ,

मेयर शाहले भनेका छन्, फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरु छन् र हदैसम्म प्रयास गरिनेछ। कसैले फोहोरबाट आ-क्रन्त हुनु नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने लक्ष्य उनले रहेको बताए।

बञ्चरेडाँडाँ पुग्ने सडक बिग्रेको र फोहोर बोकेका गाडी तोडफोड भएपछि केही समयदेखि काठमाडौंको फोहोर ढुवानी गर्न समस्या भइरहेको थियो।

मेयर बालेनको स्टाटस-

आज फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगेका छन् । कुनै अव-रोध नभएमा भोलिबाट दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने छन् । तर काठमाण्डौँको ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरुबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिकरुपमा १५० गाडी फोहोरको व्यवस्थापन हुनु पर्छ ।

यसैले नियमित अवस्थामा पुग्न केहि समय लाग्नेछ । यसमा सबैको सहकार्यको आवश्यकता छ । यसका लागि अव-रोध नगर्ने स्थानीय, फोहोर संकलन तथा लैजान सफाइ कर्मचारी तथा चालकहरु तथा अव-रोध खुलाउँन क्रियाशील सुरक्षाकर्मी तथा सम्बद्ध सबैलाई धेरै धन्यवाद छ ।

सँगसँगै हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावश्था बञ्चरेमा दोहो-र्याउने छैनौँ । थुप्रिएका फोहोरहरुको व्यवस्थापन नभइ अन्य विकल्पहरुमा

जानु व्यवहारिकरुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौँ ।
फोहोरको दीर्घ-कालिन व्यवस्थापनका लागि योजनाहरु

छन् र हदैसम्म प्रयास गरिनेछ । हाम्रो अन्तिम लक्ष्य फोहोरको त्यस्तो व्यवस्थापन हो, जहाँ कसैले फोहोरले आक्र-न्त हुनु पर्दैन, कसैले गुमाउनु पर्दैन र सबैको साझा जित हुनेछ ।

२०७९ श्रावण २९, आईतवार प्रकाशित 1 Minute 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।