
साउन २७,काठमाडौ : स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाह र धरान उपमहानगरपालिकामा स्वतन्त्र उमेदवार हर्क साम्पाङले लौरो
चिन्हबाट भारी मतका साथ चुनाव जितेका थिए तर अब बालेन र हर्कहरुको हातबाट लौरो खोसिएको छ । कुनै पनि राजनितीक पार्टीको नाममा दर्ता नभएको लौरो चिन्हलाई निर्वाचन आयोगले स्थानिय तहको निर्वाचन प्रयोजनका
लागी केहि स्वतन्त्र उमेदवारहरुलाई प्रदान गरेको थियो । स्थानिय तहको निर्वाचनमा लौरोले कमालनै गरे पछि अहिले भने एक राजनितीक पार्टीले लौरोलाई आफ्नो चुनाव चिन्ह बनाएर पार्टीनै दर्ता गराएको छ ।
स्थानिय तहको निर्वाचनमा वास्तवमै लौरोले कमाल गरेको थियो । कपिपय उमेदवारनै नभएको क्षेत्रहरुमा समेत लौरो चिन्हमा मत आएको थियो । लौरोमा कति सम्म क्रेज थियो भन्ने कुरा सो कुराबाट पनि देखिएको थियो ।
अबको संघिय निर्वाचनमा स्वतन्त्र उमेदवार कसैले पनि लौरो चिन्ह पाउँने छैनन् तर लौरो चिन्ह लिएर खुलेको राजिनितीक दलले दशैभरी मोर्चा बनाएर चुनाव उठाउँने तयारी गरेको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार हाम्रो नेपालीको नाममा लौरो चिन्ह दर्ता भएको छ।
यो दलले २७ असार २०७९ मा लौरो चुनाव चिन्ह लिएको हो । हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले स्थानीय चुनावपछि लौरो चुनाव चिन्ह सुरक्षित गर्नुपर्छ भनेर दल दर्ता गरिएको बताए ।
हाम्रो नेपाली पार्टीसहित केही दल र स्वतन्त्र अभियन्ताहरुले आगामी चुनावमा साझा उम्मेदवारी दिने र लौरो चिह्न लिने घोषणा शुक्रबार गरेका छन् ।उनीहरुमध्ये एक डा। सुदीप श्रेष्ठले लौरो स्वतन्त्र अभियानको सिम्बोल भएको बताए ।
यही चुनाव चिह्न लिने गरी वैकल्पिक राजनीतिक शक्ति र स्वतन्त्र अभियन्ताहरूको मोर्चा बनाउने सैद्धान्तिक सहमति भएको उनको भनाई छ ।
उनका अनुसार अहिले मोर्चाको नाम ‘स्वतन्त्र तथा वैकल्पिक शक्ति’ प्रस्ताव गरिएको छ । यसमा जोडिन चाहने दल तथा अभियन्ताहरुसँग छलफल भइरहेको छ र आइतबारसम्म निर्वाचन आयोगमा मोर्चा दर्ता गर्ने तयारी छ ।
४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । दुई वा दुईभन्दा बढी दलले मोर्चा बनाएर चुनाव लड्ने भए त्यस्तो मोर्चा दर्ता गर्नुपर्छ भने कुन दलको चुनाव चिन्ह लिने पनि खुलाउनुपर्छ ।
उसो त बालेनको घुमाउरो डाँठभन्दा हाम्रो नेपाली पार्टीको लौरो थोरै भिन्न किसिमको छ । तर निर्वाचन आयोगले नयाँ लौरो आइसकेको अवस्थामा बालेन टाइपको लौरोलाई मान्यता नदिने प्रष्टै छ । यस अर्थमा बालेनको हातबाट यसपालिलाई लौरो फुत्कियो ।ओटिभी नेपाल