२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

रबि लामिछाने र मेयर साम्पङको कुरा मिले पछी देश बिदेशमा चर्चा !

साउन २७,काठमाडौ : स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर भारी मतले निर्वाचित भएका हर्क साम्पाङ र पत्रकारिता छोडेर पुर्णकालिन राजनितिमा होमिएका रवि

लामिछानेको चर्चा अहिले देशैभरी चुलिएको छ । हर्क साम्पाङले स्थानिय तहको निर्वाचनमा दुनियाँलाई चकित बनाएर गठबन्धन देखी अरु राजनितिक दलहरुलाई समेत पराजित गरेर इतिहास रचेका थिए ।

त्यसयता पनि साम्पाङको कामले चौतर्फी रुपमा चर्चा चुलिएको छ । यता संचार क्षेत्रमा जमिरहेका बेला राजनितीमा होमिएका रवि लामिछानेको पनि चर्चा देशैभरी चुलिएको छ उनी संगठन विस्तारका लागी देश दोडाहमा रहेका छन् ।

हर्क साम्पाङले जसरी काम गरिरहेका छन् त्यसले देशव्यापी चर्चा सेलाएको छैन काम गराइएको आफ्नै शैली र जन सहभागीता लाई प्राथमिता दिएर काम गरिरहेका साम्पाङका कारण अन्य ठाँउमा निर्वाचित भएका जनप्रतिनिधीहरुनै

छाँयामा पर्ने अवस्था आएको छ भने रवि लामिछानेको पार्टीमा पनि ठूलो आकर्षण देखिएको छ । रवि लामिछानेले देशव्यापी संगठन विस्तारका कार्यक्रमलाई आक्रामक बनाउँदै लगेको छन् । रवि जता पुग्छन् त्यतै समर्थको ठूलो भिड देखिन थालेको छ।

रवि लामिछानेले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीमा अभूतपुर्व समर्थन देखिएको छ । यसबाट रवि लामिछाने निकै हौसिएका छन् । पुराना राजनितीक पार्टीहरु प्रति जनताका विचमा देखिएको बिकर्षणको परिणाम स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाह र धरान

उपमहानगरपालिकामा हर्क साम्पाङहरुको जितले देखिएको थियो अब प्रतिनिधीसभाको निर्वाचनमा त्यो स्पेस रवि लामिछाने नेतृत्वको पार्टीले लिन सक्ला त भन्ने चर्चा पनि चल्न थालेको छ ।

यसै विच चर्चामा रहेका दुई पात्र हर्क साम्पाङ र रवि लामिछानेका विचमा कुरा मिलेको छ । रवि र हर्कको विचमा कुरा मिले पछि उनीहरुका देशैभरीका समर्थकहरुमा खुशियाली देखिएको छ । रविले राजनितीक पार्टी खोलेको छन् हर्क स्वतन्त्र छन् तर उनीहरुको कुरा मिलेको छ । यसले उनीहरुका समर्थकमा उत्साह संचार गराएको छ ।

धरानका मेयर हर्कले रवि लामिछानेको मुक्त कण्ठले प्रशंसा गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले पनि हर्कको उसै गरि प्रशंसा गरेका छन् । साम्पाङले रवि लामिछानेमा राजिनितीक संस्कार देखिएको भन्दै खुलेरै तारिफ गरेका छन् ।

उनले आफ्नो सामाजिक संजालमा स्टाटस लेखेर पनि रविको तारिफ गरेका छन् भने विभिन्न संचार माध्यममा अन्तवार्ता दिएर पनी सो कुरा उल्लेख गरेका छन् ।

साम्पाङले रवि लामिछानेमा राजनितिक संस्कार देखिएको र आफुलाई त्यो पक्ष मन परेको बताएका छन् । अन्य केहि पार्टीहरुले साम्पाङको विरोध गरिरहेका बेला रवि लामिछाने उनलाई भेट्न धरानमै पुगेका थिए । अरु उदेश्य के छ थाहा छैन तर रवि लामिछानेको साधारणपन र जीवनशैली देखी राजनितीक संस्कार सम्म मलाई मन परेको छ । साम्पाङले भनेका छन् ।

यता रवि लामिछानेले पनि हर्कको तारिफ गर्न कुनै कन्जुस्याँइ गरेका छैनन् । अरु नेता प्रति गरम अभिव्यक्ति दिने गरेका लामिछानेले साम्पाङको भने निकै तारिफ गर्ने गरेका छन् । आफ्नो पार्टीमा पनि बालेन, हर्क जस्तो मान्छेको खाँचो भएको बताउँने गरेका रविले धरानमै गएर पनि साम्पाङसँग भेट गरेका थिए भने अन्य ठाउँमा हुँदा पनि निरन्तर रुपमा तारिफ गरिरहेकै छन् ।

पुराना राजनितिक दलका नेताहरुलाई खोइरो खन्ने गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले आफु कसैसँग राजिनिती सिक्न तयार रहेको भए हर्क साम्पाङसँग तयार रहेको पनि भनेका छन् । अबको राजिनिती हर्क साम्पाङले गरे जस्तो राजनिती जरुरी रहेको भन्दै उनले आफ्नो बाटो पनि हर्ककै जस्तो हुने बताएका छन् ।

हर्क र रविको ट्यूनिङ अहिले मिलेको जस्तो सँधैभरी मिलोस् भन्ने उनीहरुको समर्थक र शुभचिन्तकहरुको चाहना देखिन्छ । भोलीका दिनमा उनीहरुको सम्बन्ध र राजनिती कसरी अघि बढ्छ हेर्न बाँकी छ तर कतिपयले भने कुनै दिन रवि लामिछाने र हर्क साम्पाङ भविश्यमा एउटै पार्टीमा हुन सक्ने सम्मको लख काट्न थालेका छन् । ओटिभी नेपाल

२०७९ श्रावण २७, शुक्रबार प्रकाशित 0 Minutes 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।