
साउन २४, काठमाण्डाै : काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर बोक्ने गाडी तो’ड-फो’ड गर्नेलाई अप-राधी भन्दै उनीहरूलाई कानुनअनुसार कडा कार-बाही हुनुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले तो’ड-फो’ड गर्नेहरूबाट नै यसको भरपाइ तथा क्षति-पूर्ति गराउनुपर्ने र यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको बताउनुभएको छ ।
उहाँले यो तो’ड-फो’डलाई फोहर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा बुझेको बताउनुभएको छ । मेयर साहले केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाको फोहरलाई अव्यवस्थित र असरल्ल पार्न नसकिने बताउनुभएको छ ।
मेयर साहको स्टासस यस्तो छ-
फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।
यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तो’ड-फो’ड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।
कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तो’ड-फो’ड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तो’ड-फो’ड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षति-पूर्ति गराउनु पर्छ ।
यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ । केहि व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।