२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

जेट एयरवेज तीन वर्षपछि उडान सञ्चालनको तयारीमा !

साउन २४, काठमाडौ : जेट एयरवेजले टिकट बुकिङको नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ। सोही वेबसाइटमा एयरवेजले तीन वर्षपछि पुनः उडान सञ्चालनको तयारी गरिरहेको बताइएकाे छ।

कम्पनीको नयाँ बुकिङ वेबसाइटका सिइओ सन्जीव कपुरले ट्वीटरमार्फत सार्वजनिक गरेका हुन्। उक्त साइट सार्वजनिक भए पनि कम्पनीले औपचारिक रूपमा आफ्नो उडान सञ्चालनको मिति भने निश्चित गरिसकेको छैन।

कम्पनीले आफ्नो नयाँ वेबसाइटमार्फत उडान योजना, फ्लाइट बुकिङ, चेक इन लगायतका सेवा लिन सक्ने बताएको छ।
जर्मनी वेबसाइट सिम्पलफ्लाइङका अनुसार जेट एयरवेजले विगतमा एक सय २४ वटा जहाजमार्फत ६५ भन्दाबढी आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्थ्यो।

अब भने कम्पनीले चार बोइङ ७७३ र पाँचवटा बोइङ ७७७ का जहाजमार्फत उडान गर्ने जनाएको छ। एयरलाइन्सले छिट्टै ५० वटा एयरबस ए २२० विमान खरिद गर्ने योजना बनाएको छ।

कोभिडअघि जेट एयरले नेपालमा पनि दैनिक चार वटासम्म उडान गरिरहेको थियो। उक्त एयरले भारतको दिल्लीबाट दुई वटा, कलकत्ता र मुम्बईबाट एक/ एक उडान गर्थ्यो।

२०७९ श्रावण २४, मंगलवार प्रकाशित 0 Minutes 336 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।