२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

शान्ता चौधरी भन्छिन – महङ्गी बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको छ ।

साउन २४,काठमाडौ : सांसद शान्ता चौधरीले बजारमा महङ्गी बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले अहिले बजार भाउ

असाध्यै बढेको र बजार भाउ बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी हुन्। उनले भनिन्, नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने हुन सक्छ।

धनीले त किनेर खान सक्लान् सभामुख महोदय तर, यो महङ्गी गरिवको घरमा चुलो नबल्ने अवस्था आउन सक्छ।’ महङ्गीको नाममा भोकमरी आउन सक्ने उनले बताइन्।

चौधरीले भनिन्, यसले समाजमा अमनचयन विथोल्ने खतरा हुन सक्छ। सरकारको काम महङ्गीको साक्षी बस्ने होइन। त्यसलाई नियन्त्रण गर्ने हो। नेपाली कांग्रेस तथा गठबन्धनको खुला बजार अर्थनीति यसको प्रमुख कारण हो।

२०७९ श्रावण २४, मंगलवार प्रकाशित 0 Minutes 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार