२०८० फाल्गुन २१ सोमबार
  • काठमाडौँ

सागर ढकाल भन्नुहुन्छ – शेरबहादुर हजुरबालाई वहाँकै जन्मघरमा बहसको लागि निमन्त्रणा गर्छु ।

साउन २३, काठमाडौ प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध संसदीय चुनावमा लड्ने उदेश्यका साथ डडेल्धुरा पुगेका सागर ढकालले देशले पाँच पटक प्रधानमन्त्री बनाएकै काे घर

वरिपरि देश रोएको बताएका छन्। उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्ताे बताएका हुन्। उनले लेखेका छन्, देशले पाँच पटक प्रधानमन्त्री बनाएको घर वरिपरि देश रोएको छ।

उहाँ जन्मेको घर नै धरापमा छ, नगएको दसक भयो, पाच बर्षमा एक पटक त्यो पनि चुनावमा, त्यो पनि हेलिकप्टरमा।
देशको लागि अब कस्तो प्रधानमन्त्री भन्ने बहस अब प्रधानमन्त्रीकै जन्म घरमा बसेर बहस गरौं।

देउवाको पुख्यौली घर पुगेका ढकालले शेरबहादुर हजुरबा भन्दै उनकै जन्मघरमा बहसको लागि निमन्त्रणा समेत गरेका छन्।
पाँच वर्षअघि बिबिसीमा प्रसारण हुने साझा सवाल

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न साेधेर चर्चित बनेका व्यक्ति डडेल्धुराबाट संसदीय चुनाव लड्ने तयारीमा छन्।
गुल्मीका सागर ढकालले पाँच वर्षअघि प्रधानमन्त्री देउवालाई अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं?

भन्दै प्रश्न गरेका थिए। देउवाले जवाफमा झोक्किँदै तपाईं बढ्ता बोल्दैहुनुहुन्छ भनेर जवाफ फर्काएका थिए। ढकाल पढ्नका लागि आफैं बेलायतको अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए। उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्।

२०७९ श्रावण २३, सोमबार प्रकाशित 0 Minutes 190 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।