२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

रबि लामिछाने भन्नुहुन्छ – वैदेशिक रोजगारमा गएका नेपालीहरूले पनि भोट हाल्न पाउनुपर्छ ।

साउन २२,काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टीका नेताहरुले भष्ट्रचारीलाई संरक्षण गरेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले देशका ठूला दलका नेता र मन्त्रीहरु नै भष्ट्रचारमा लिप्त भएको भन्दै अब देशको ढुकुटी

रोक्न पनि नेपाली जनताले आगामी चुनावमा ठूला दलहरुलाई पाखा लगाउनुपर्ने बताउनुभयो । उहाँले ठूला पार्टीहरूले नेपाली जनतालाई आश्वासन मात्र बाडेँर सत्तामा पुगेपछि देशको ढुकुटी सकेको आरोप लगाउनुभयो ।

लामिछानेले ठूला दलका नेताहरुले नेपाली जनताले गर्व गर्न लायक काम एउटा पनि नगरेकोमा खेद प्रकट गर्दै ठूला दलका नेताहरुलाई आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकता नभएको बताउनुभयो ।

अध्यक्ष लामिछानेले आफुहरु २४ सैं घण्टा नागरिकको समस्या सुन्ने वातावरण बनाउने तयारीमा लागेको बताउदै भ्रष्टाचारलाई न्युनिकरण गर्न, जनताको असली शासन व्यवस्था

ल्याउन आफु राजनीतिमा आएको जानकारी दिनुभयो । उहाँले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।

२०७९ श्रावण २२, आईतवार प्रकाशित 0 Minutes 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।