२०७९ आश्विन १० सोमबार
  • काठमाडौँ

मेयर साम्पङको अर्को कमाल, सुरु गरे अर्को योजना !

साउन २२, काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (राई) यत्तिबेला उनको कामका कारण चर्चामा छ । जति चर्चा हुने काम सक्रिय छन् उती नै उनी सामाजिक

सञ्जालमा पनि सक्रिय हुन्छन् । दैनिक १० भन्दा बढी स्टाटस आफैले पोस्ट गरिरहेका हुन्छन् । आफुलाई लागेको कुरा तथा धरान उपमहानगरपालिकाबाट हुने कामको बारे उनले स्टाटस लेख्ने गरेका हुन्छन् ।

मेयर हर्क साम्पाङले नयाँ योजनालाई अगाडी सारेका छन् । साम्पाङले धराने जनतालाई ठूलो राहत दिने गरी नयाँ योजना अगाडी सारेका हुन् । उनले धरानका डाँडामा सरसर बहने हावाबाट विजुली निकालेर धरानलाई उज्यालो बनाउने योजना अगाडी सारेका हुन् ।

हिउँदमा खोलाको पानी सुकेर बत्ति बाल्न नपाउने जनताका लागि साम्पाङले यो योजना ल्याएका हुन् ।.यो योजनाबारे जानकारी दिदै मेयर साम्पाङले सामाजिक संजाल पोस्ट गरेका छन् ।

उनले आफ्नौ अफिसियल फेकबुकमा लेखेका छन्, ‘हिउँदमा खोलाको पानी कम भए पनि डाँडामा बहने हावा सरररर…हुन्छ ! त्यही हावाबाट बिजुली निकाल्ने हो ! त्यसको परीक्षण पनि गर्नेछौँ ! अहिले पानीबाट निकाल्न लागेका छौँ ! जय धरान !’

२०७९ श्रावण २२, आईतवार प्रकाशित 0 Minutes 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार