
साउन २१, काठमाडौं : धरान उपमहानगरपालिकाका जनप्रिय मेयर मेयर हर्क साम्पाङ लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा दिनमा १० भन्दा बढी स्टाटस लेख्ने गर्छन् ।
उनकै स्टाटसलाई सूचना मानेर धरानेहरु विकास, निर्माण देखि सचेतना जगाउने अभियानमा जुट्ने गर्छन् । जनप्रतिनिधीको अर्थलाई वास्तविक रुपमा व्यवहारमा परिणत गरेका मेयर साम्पाङ र प्रतिनिधीसभा सबैभन्दा ठूलो दलको रुपमा
रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धरान कमिटिबीच ठूलै लफ-डा देखिएको छ । नेकपा एमाले नेतृ एवं धरानकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) वि’रुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन्।
मेयर साम्पाङको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलेसन’ले सामाजिक तथा जातीय सद्भाव विथोलिने गरि आफ्नो फेक आइडी बनाएर लेखिएको पोष्टको स्क्रिनसट सम्प्रेषण गरेपछि बाध्य भएर साइबर अप’राधवि-रुद्ध उ-जुरी दिनुपरेको भण्डारीले बताइन्।
बिहीबार होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गर्दे एमाले केन्द्रीय सदस्य समेत रहेकी भण्डारीले मेयर साम्पाङले सम्प्रे-षण गरेको स्क्रिन-सट आफ्नो नभै फेक आइडि बनाएर गरेको कुकृ-त्य भएको पनि बताइन्।
यता मेयर हर्कले आफुसंग टक्कर लिन खोज्यो भने व्यक्ति मात्रै होइन दलनै सिद्धिने बताए । बुधवार दिउसो सर्दुखोलामा माइक्रो मिनी हाइड्रो पावर हाउस बन्दै गरेको स्थलमा संचाकर्मीहरुसंग सो कुरा व्यक्त गरेका हुन् ।
उनले एमालेतर्फ संकेत गर्दै यसो भनेपछि पार्टीको केन्द्रीय तहमै तरंग पैदा गरेको छ । अहिले मेयर हर्क राईलाई देशभरका जनताहरुले मन पराएकाले र साथ दिएकाले एमालेले उनीसँग विचार पु-र्याएर कदम चाल्नुपर्ने नत्र पार्टीेलाई नै आउने मंसिर ४ को चुनावमा धक्का लाग्नसक्ने भन्दै नेताकार्यकर्ताहरुले चि’न्ता व्यक्त गरिरहेका छन् ।
उनले अहिले सम्म आफ्नो अभियानलाई निस्ते-ज पार्नका लागि केही अराजक तत्त्व भिजिलान्तेहरुले आफूलाई तगा-रो लगाउन खोजेको भन्दै मेयर साम्पाङले भने, मेरो खुट्टा तान्न खोजिएको होला म उड्ने मान्छे हुँ, खुट्टाले हिडने मान्छे होइन ।
बराह पी-डितको प्रसङ्गमा मेयर साम्पाङले आफू जहिल्यै पनि पी-डितको पक्षमा रहेको र अहिले पनि आफू पी-डितले न्याय पाउनुपर्छ भन्ने रहेकोले धरान उपमहानगरपालिकाले
बराहको सबै सम्पत्ति रोक्काको लागि सम्बन्धित निकायलाई पत्राचार गरेको बताए । तर अराजक तत्त्वहरूले आफू विरु-द्ध मु-र्दावादको नारा समेत लगाउँदै आफ्नो कार्यकक्षको झ्यालको सिसा समेत तो’ड-फो’ड गरिएकोमा आफ्नो गम्भी-र ध्यानाकर्षण भएको बताए ।