
साउन २१, धरान : पुर्वउपमेयर एवं एमाले नेतृ मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङवि-रुद्ध साइबर ब्युरोमा उ-जुरी दिएकी छिन् ।
मेयर साम्पाङको आधिकारिक फेसबुक पेज हर्क साम्पाङ रेभुलेसनबाट आफ्नो फेक आइडि बनाएर सामाजिक तथा जातीय सद्भावमा चो’ट पुग्ने गरि पोष्ट भएको स्क्रिन सटलाई सम्प्रेषण गरेको भन्दै साइबर ब्युरोमा उजु-री दिएकी हुन् ।
उनले आफुले आजै साइबर ब्युरोमा उजु-री दिइसकेको जानकारी दिइन् । मेयर साम्पाङले पोष्ट गरेको उक्त स्क्रिन सर्टमा उल्लेख भएको आइडि आफ्नो नभएको र फेक आइडि सृर्जना गरेको पनि भण्डारीले प्रष्टी-करण दिइन् ।
उनले आफु कहिल्यै पनि सामाजिक सद्भाव तथा जातीय सद्भाव खलबलाउने कार्य नभएको दाबी गर्दै मेयर साम्पाङले जातीय द्ध-न्द निम्त्याउने किसिमको बिषय वस्तु राखी फेक
आइडि जेनेरेट गरी जातीय र साम्प्रदायिक हिंसा भड्का-उने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री उत्पादन गरि मेयर साम्पाङले पोष्ट गरेकोप्रति आफ्नो ग-म्भीर ध्यानाकर्षण भएको पनि बताइन् ।
उनले बराह पीडित संघर्ष समितिको संयोजक खगेन्द्र नेपालीसँग आफु र नेकपा एमालेलाई जोडेर वास्तविक पि-डीतहरुको आन्दोलनलाई राजनीतिकरण गरी डाइभर्ट गर्न खोजेको पनि बताइन् ।
मेयर साम्पाङवि-रुद्ध मु-द्दा हालिरहन नपरोस् भनेर आफुले पहिलो पटक सचेत गराएको भन्दै उनले त्यसलाई अझ प्रतिकार गर्दै आफ्नो फेक आइडि बनाएर पोष्ट आएपछि बाध्य भएर साइबर ब्युरोमा मु-द्दा दिनुपरेको बताइन् ।
अपराधिक घ-टना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफुले मुद्दा दिएको उनले बताइन् । कानुनभन्दा माथि कोही पनि छैन भन्ने हिसाबले मु-द्दा दर्ता गरेको उनले बताइन् ।
यता मेयर हर्क साम्पाङ्गले पनि आफुलाई कम्जो’र नठान्न बिभिन्न स्टाटसमा प्रस्टाइसकेका छन्। उनै मेयर मेयर साम्पांगले फेसबुकमा लेखेका छन् –अब मुद्दा हाल्ने पालो मेरो ! हेरौँ को जित्दो रैछ !– जय धरान –