२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

मेयर साम्पाङ आफ्नो अडानमा झनै कडा बनेर निस्किए, चुलियो चर्चा !

साउन १९, काठमाडौ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूसँग नअल्झिन आग्रह गरेका छन्। आगामी मंसिरमा हुने आम निर्वाचनमा ध्यान दिन आग्रह गर्दै उनले सामाजिक

सञ्जालमार्फत त्यस्तो आग्रह गरेका हुन्। उनले भनेका छन्, मंसिरको चुनावमा ध्यान दिनु है सबैले, म सँग नउल्झिनु, आफ्नो काम गर्नु स्वतन्त्रबाट धरान उपमहानगरको प्रमुखमा निर्वाचित भएका साम्पाङ सामाजिक सञ्जालमा सक्रिय देखिन्छन्।

त्यस्तै, कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिएर नगरप्रमुख साम्पाङले दुई जना विरु-द्ध प्रहरीमा जाहेरी दिएका छन् । आइतबार बराह बचत तथा ऋ-ण सहकारीबाट ठगीएका पी-डित संघर्ष समितिले नगरप्रमुख साम्पाङवि’रुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा समेत तो’ड-फो’ड गरेका थिए ।

वार्ताको लागि तयारी भइरहेको बेला नगर प्रमुख साम्पाङले ‘
मलाई सोधेर रकम राखेको हो ? भनेपछि आक्रो-सित पी-डितहरुले कार्यकक्षमा तो’ड-फो’ड गरेको बताइएको छ ।

साम्पाङले सोमबार इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले नगर प्रमुख साम्पाङले जाहेरी दिएको जानकारी दिए ।

बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदिप बाँस्तोलावि-रुद्ध जाहेरी दिएको बताइएको छ । उनीहरुलाई पक्राउ गर्नका लागि अदालतबाट पूर्जी लिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

हुलहुज्जत र अभद्र व्यवहारको जाहेरी आएको र प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

आइतबार छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले मलाई सोधेर पैसा राख्न दिएको हो ? भन्ने अभिव्यक्ति दिएको भन्दै पी-डितहरुले नगरप्रमुख वि’रुद्ध

नाराबाजी गर्दै उनको कार्यकक्षको सिसासमेत फु’टाई दिएका थिए । यता नगरप्रमुख साम्पाङले भने यो राजनीतिक षड्य’न्त्र भएकाले प्रहरीमा उजु-री दिएको छु, याे व्यक्तिमाथिको आक्र-मण नभई नगर र स्थानीय सरकार माथिकै आक्रमण हो ।

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।