२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

अर्थसचिव मधुकुमारले देउवा र प्रचण्डलाई भने- मन्त्रीसँग काम गर्न सक्दिन, सरुवा गरिदिनुस् !

साउन १९, काठमाडौं : अर्थसचिव मधुकुमार मरासिनी सोमबार पनि मन्त्रालयमा उपस्थित भएनन् । सचिव मरासिनी आइतबार पुनः मन्त्रालय फर्किएका नवनियुक्त अर्थमन्त्री

जनार्दन शर्माको स्वागतमा पनि अनुपश्चित थिए । पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भएर काठमाण्डु फर्कने तयारीमा हरेका मरासिनी शर्मा मन्त्रीमा फर्कने भएपछि उतै बसेका थिए ।

मरासिनी नआएपछि शर्मालाई राजश्वसचिव कृष्णहरि पुष्करले स्वागत गरेका थिए । बजेटमा राजश्व र करका दर हेरफेरका लागि बिचौलिया प्रवेश गराएको भन्ने आरोपमाथि छानबिन गर्न गठित समितिले आरोप पुष्टि हुने आधार नभेटिएको प्रतिवेदन

बुझाएसँगै शर्मा पुनः मन्त्री बनेका हुन् । शर्माले पदबाट राजीनामा दिनुअघि २२ असारमा श्रीमती बिरामी भएको भन्दै मुख्यसचिव शंकरदास बरागीबाट स्वीकृत गराएर अनिश्चितकालीन बिदामा बसेका थिए ।

तर, मन्त्री शर्माले राजीनामा दिएपछि उनी भोलिपल्टै काममा फर्किए । संसदीय समितिमा बयान दिन उपस्थित भएका बेला भने मरासिनीले आरोप लगाइएजस्तो बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश नभएको बताएका थिए ।

समिति सदस्यहरुका अगाडि बयान दिँदादिँदै उनी भक्कानिएर रोएका थिए । श्रोतका अनुसार सचिव मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर शर्मा पुनः मन्त्रीका रुपमा फर्किए आफू

उनीसँग काम गर्न नसक्ने जानकारी यसअघि नै दिएका थिए ।
शर्मा मन्त्री हुने पक्का भएपछि सोही जानकारी गराएर मरासिनी पोखरा हिंडेका हुन् । उनले आफ्नो अन्यत्रै सरुवा गरिदिन देउवा र प्रचण्डलाई भनेका छन् ।

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 0 Minutes 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।