२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

चर्को पैसा असुल्ने मेनपावर सञ्चालक वि’रुद्ध मु’द्दा दायर !

साउन १८, काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ सर्वसाधारणसँग झण्डै दुई करोड ठ-गी गरेको भन्दै मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक र

कर्मचारीविरु-द्ध वैदेशिक रोजगार न्यायाधीकरणमा आज मुद्दा दायर गरेको छ । सो मेनपावरका सञ्चालक र कर्मचारीले रोजगारीका लागि युक्रेनलगायतका देशमा पठाइदिन्छु भन्दै

३८ जनाबाट रु एक करोड ८६ लाख १५ हजार २०० लिई
रोजगारीमा नपठाई ठ-गी गरेको विभागले जनाएको छ । आफूहरु वैदेशिक रोजगारीका क्रममा ठ-गिएकोे भन्दै पी-डितहरुले विभाग उ’जुरी दिएका थिए ।

मेनपावर सञ्चालक रवीन्द्रकुमार श्रेष्ठ, भवानीप्रसाद कोइराला र यामबहादुर कार्की तथा कर्मचारी अमिर थुलुङले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ तथा गणेशप्रसाद मैनाली,

सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम क’सुर गरेकाले उनीहरुविरु’द्ध ठ’गी गरेको रु एक करोड ८६ लाख १५ हजार २०० र सोको ५० प्रतिशत हर्जाना भराउन माग दाबी गर्दै मु’द्दा दायर गरिएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए।

२०७९ श्रावण १८, बुधबार प्रकाशित 1 Minute 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।