२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

मेयर हर्क साम्पङ झनै कडा बनेर निस्किए, चाले अर्को कडा कदम !

साउन १८, धरान : धरान उपमहानगरपालिकाको नगरप्रमुखको कार्यकक्षमा तो’डफो’ड र गा’लीग’लौजको विषयलाई लिएर नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले दुई जना वि’रुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित संघर्ष समितिले नगरप्रमुख साम्पाङविरु’द्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा समेत तोडफोड गरेका थिए । वार्ताको लागि तयारी भइरहेको बेला नगर प्रमुख साम्पाङले ‘मलाई सोधेर रकम राखेको हो ?

भनेपछि आक्रो’सित पी’डितहरुले कार्यकक्षमा तोडफोड गरेको बताइएको छ । साम्पाङले सोमबार इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले नगर प्रमुख साम्पाङले जाहेरी दिएको जानकारी दिए ।

बराह पी’डित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदिप बाँस्तोलावि’रुद्ध जाहेरी दिएको बताइएको छ । उनीहरुलाई पक्रा’उ गर्नका लागि अदालतबाट पूर्जी लिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

हुलहुज्जत र अभद्र व्यवहारको जाहेरी आएको र प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

आइतबार छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले मलाई सोधेर पैसा राख्न दिएको हो ? भन्ने अभिव्यक्ति दिएको भन्दै पी’डितहरुले नगरप्रमुख विरुद्ध

नाराबाजी गर्दै उनको कार्यकक्षको सिसासमेत फुटाई दिएका थिए । यता नगरप्रमुख साम्पाङले भने यो राजनीतिक ष’ड्यन्त्र भएकाले प्रहरीमा उजु’री दिएको छु, याे व्यक्ति”माथिको आक्र’मण नभई नगर र स्थानीय सरकार माथिकै आ-क्रमण हो ।

२०७९ श्रावण १८, बुधबार प्रकाशित 1 Minute 217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।