२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

मेयर बालेन बिहानै बानेश्वरमा, अन्डरग्राउण्ड पार्किङका सटर तुरुन्तै हटाउन दिए निर्देशन !

साउन १८, काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आज बिहानै बानेश्वर क्षेत्रको अवलोकनमा निस्किएका छन् ।

उनले यहाँको फुटपाथको अवस्थाबारे जानकारी लिएका छन् । केही दिनअघि साहले फुटपाथमा गरिएका व्यापार हटाउन लगाएका थिए । आज त्यसको प्रगतिबारे जानकारी लिएका हुन् ।

उनले नयाँ बानेश्वरका अन्डरग्राउण्ड पार्किङमा राखिएको व्यापार हटाउन निर्देशन दिएका छन् । मेयर साहले नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुइँटेल, घरधनी र व्यापारीहरूसहित अनुगमन गरेका थिए ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो ।

२०७९ श्रावण १८, बुधबार प्रकाशित 0 Minutes 87 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।