२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

रबि लामिछाने भन्नुहुन्छ – आउदो चुनावमा बहुमत ल्याएर नेपालको प्रधानमन्त्री बन्छु, देशको बिकास गर्छु ।

साउन १६, काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आउँदो प्रतिनिधीसभाको निर्वाचनमै आफ्नो पार्टीले बहुमत ल्याएर सरकार चलाउँने उद्घोष गरेका छन् ।

लामिछानेले यो चुनावमा बहुमत मात्रै र अर्को चुनावमा भने राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ मत ल्याउँने दाबी गरेका छन् । बुढा नेताबाट अब देश नबन्ने भन्दै लामिछानेले युवाहरु एक जुट भएर बुढाहरुलाई बिदा गर्नुको विकल्प नभएको भनेका छन् ।

लामिछानेले देशको नेतृत्व गर्न पाए बेथितिको चङ्गुलबाट देशलाई मुक्त गराउने दाबी गरेका छन्। आइतबार महेन्द्रनगरमा पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले अन्याय र बेथितिविरुद्ध जहिले पनि बोलि रहने बताए।

उनले भने, जनताका समस्या समाधानका लागि लाग्ने पार्टीको संकल्प छ। संकल्पअनुरूप कार्य गर्न कटि-वद्ध छु।
सिद्धान्त राम्रो भएका दलहरुले जनताको समस्याबारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जिवन परिर्वतन गर्ने उनले बताए।

जेल पठाउने रोज्ने कि, विभिन्न अपराध गरेर जेल जानेलाई रोज्ने, जनतालाई अब जवाफ होइन समाधान दिन्छौँ’ उनको भनाइ छ। आफुबाट देशलाई बिग्रार्ने काम नहुने दाबी गर्दै उनले बेथिति रोक्दै जनताको अवस्था परिर्वतन गर्ने बताए।

अहिलेसम्म नेताले आफ्ना लागि बोले, तर हजारौँ युवाका लागि बोलेनन्, उनले भने, हामी सरकारमा गएपछि स्वदेशमै रोजगारी नभए विदेशमा श्रम सुरक्षित बनाउँछु।

लामिछानेले आगामी निर्वाचनबाट स्वतन्त्र पार्टीले बहुमतको सरकार, अर्को पटक दुई तिहाईको बहुमत ल्याउने अपेक्षा राखेको बताए। उनले भने, केही नेताले सिङ्गो जिवन देश दोहनमै खर्चिए। पिण्डखाने उमेरमा केही नेता राष्ट्रपती बनाईदिएहुन्थ्यो, भन्दै हिडेका छन, अब देशविकासको ठेक्का नलिनुहोस, घरमै बसेर गमलामा पानी हाल्नुहोस्।

२०७९ श्रावण १६, सोमबार प्रकाशित 1 Minute 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।