
साउन १४, काठमाडौं : शनिबार मिस धरानका प्रतिपस्पर्धीहरु धरानको सर्दु खोला किनारमा वृक्षरोपणका लागि गएका थिए । उनीहरुलाई साथ दिँदै धरानका धेरै युवा पनि वृक्षारोपणमा सहभागी भएका थिए ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ वृक्षरोपणका लागि पुगेका मिस धरानका प्रतिस्पर्धीको हौसला बढाउन सर्दु खोला किनारमा पुगे । तर मिस धरानका प्रतिस्पर्धीलाई सम्बोधन गर्दागर्दै उनी आफैं भावुक बने र आँ-शु झारे ।
उनले सुन्दर ठाउँ धरानको मान्छेको मन पनि त्यत्तिकै सुन्दर हुनुपर्ने भन्दै धरानलाई हराभरा बनाउनुपर्ने बताए । हामी वृक्षारोपण गर्दैछौं, धरानलाई सफा, सुन्दर र हराभरा सबैथोक भएको शहर बनाउनुपर्छ उनले भने ।
आफूले मेयरमा उम्मेदवारी घोषणा गर्दा ५ हजार विरुवा रोप्ने प्रतिवद्धता गरेको तर १ करोड वटासम्म रोप्न सकिने बताए । उनले सर्दु खोलामा हिउँदमा आउँदा पनि पानी आउने बनाउनका लागि वृक्षरोपण गर्नुपर्ने पनि बताए ।
मेयर साम्पाङले मिस धरानका प्रतिस्पर्धीलाई ‘आजदेखि उप्रान्त म के प्रेरणा दिन्छु भने भन्दै एउटा गीत सुनाउन थाले र सुनाउँदा सुनाउँदै उनी भावुक बने ।
म देश सोच्न सकुँ
म देश बोल्न सकुँ
म देशकै निम्ति…. यति भन्दै उनी रुन थाले ।
देशकै कर्म गर्न सकुँ
देशकै निम्ति मर्न सकुँ, उनले रुँदै रुदै सुनाए ।
सरी म भावुक बनेँ, म तपाईहरुलाई प्रेरणा दिन आएको आफैं भावुक बनेँ’ साम्पाङले भने, खुशी लाग्छ मलाई आज देश विदेशबाट भेट्न आउनुभएको छ । म एउटा सानो मान्छे हुँ, तपाईहरुले मलाइ असाधारण ठान्दिनुभएको छ, दिस इज माइ ह्याप्पिनेस ।
मेयर साम्पाङले आफू सामान्य मान्छेले धेरैको माया पाउँदा भावुक बनेको बताए । म एउटा सानो मान्छे, देश विदेशबाट यति धेरै माया गर्नुभएको छ । त्यो सम्झेर हो क्या’ उनले भने, हर्षको (आँ-शु)…। विस्मात र दुखको केही पनि छैन, सबै हर्षको । मेयर साम्पाङ शनिबार पनि सर्दु खोलामा तट-बन्ध निर्माणमा युवासँगै खटिएका थिए ।