२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

मेयर साम्पङ एक्सनमा, धरानमा महँगो शुल्क लिने विद्यालय गरे कार्वाही !

साउन १५, काठमाडौ : धरानका निजी विद्यालयहरूले महँगो शुल्क लिएको जनगुनासो आएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ एक्सनमा उत्रिएका छन् ।

साम्पाङले जनताको गुनासो सुनुवाई गर्दै धरानका केही निजी विद्यालयहरूको अनु-गमन गरेका छन् । धरान–१५ मा रहेको के के इन्टरनेश्नल स्कुल, विष्णु मेमोरियल स्कुलमा धरान उपमहानगरपालिकाको शिक्षा महाशाखा, अभिभावक

सङ्घ र सञ्चारकर्मीहरूसहित मेयर अनुगमनका लागि पुगेका थिए । पछिल्लो समय धरानका केही निजी विद्यालयहरूले अभिभावकको ढाड सेकिने गरी शुल्क लिएको भन्ने जनगुनासो आएपछि आफू विद्यालय अनुगमनमा निस्किएको मेयर साम्पाङले बताए ।

के के इन्टरनेश्नल स्कुल बिदा भएकोले त्यहाँ विद्यालयका केही कर्मचारी र पदाधिकारीहरुसँग भेटेर विद्यालयको अवस्थामा बुझेका थिए । विद्यालयका पदाधिकारी र कर्मचारीहरूसँग छोटो छलफल पछि मेयर साम्पाङ धरान ९ मा रहेको विष्णु मेमोरियल स्कुल पुगेका थिए ।

स्कुलमा पुग्दा विद्यार्थीले मेयर आफ्नो स्कुलमा आएको देखेर एकाएक खुसीले कराएका थिए । विष्णु मेमोरियल बोर्डिङ स्कुलमा भने कक्षा सञ्चालन भइरहेकोले विभिन्न कक्षाहरूको अवलोकन गरिएको थियो भने कम्प्युटर ल्याबको समेत अवलोकन गरेका थिए ।

विद्यालयका पदाधिकारीहरुसंग विद्यालयले महँगो शुल्क लिएको जनगुनासो आएकोले आफू विद्यालयमा अनुगमनमा निस्किएको मेयर साम्पाङले बताए । यसैगरी लक्ष्मी सडकमा रहेको युरेका स्कुलको पनि मेयर अनुगमनमा पुगेका थिए । त्यहाँ पनि विद्यालयमा परीक्षाको लागि बिदा भएकोले विद्यार्थी भने भेटिएनन् ।

विद्यालयका केही पदाधिकारीहरूले मेयरलाई विद्यालयको बारेमा जानकारी दिएका थिए । निजी विद्यालयको अनुगमन पछि संचारकर्मीहरुसँग मेयर साम्पाङले प्रतिक्रिया दिँदै भने, ‘अव देखि नियमित धरानका सबै विद्यालयहरूको अनुगमन हुनेछ । यहाँ निजी विद्यालयहरूले महँगो शुल्क लिएको, विद्यालय र

पसले बिच कमिसनमा विद्यालयले तोकेको पसलमा मात्रै खरिद विक्री गर्नुपर्ने जस्ता सिण्डकेट लागु गरिएको र स्कुल बसमा विद्यार्थीलाई क्षमता भन्दा बढी कोचेर विद्यार्थी बोक्ने गरेको लगायतको जनगु’नासो आएपछि स्थानीय सरकारको हैसियतमा विद्यालय अनुगमन गरिएको हो ।

धरानका निजी विद्यालयहरू मात्रै होइन अव सरकारी विद्यालयहरूमा पनि नियमित अनुगमन गर्ने मेयर साम्पाङको भनाई थियो । निजी विद्यालयहरूको बारेमा व्यापक जनगुनासो आएपछि धरान उपमहानगरपालिकाले आउने आइतबार धरान उपमहानगरपालिका, निजी विद्यालयका सञ्चालकहरू र प्याव्सन, एन प्याव्सनका पदाधिकारीहरू बिच छलफल गरेर अघि बढ्ने बताइएको छ ।

२०७९ श्रावण १५, आईतवार प्रकाशित 1 Minute 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।