
साउन १४, काठमाडौं : कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया सपना मल्ल वैदेशिक अध्ययनका लागि जापान जान लगेज बोकेर गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।
साथीभाइ र आफन्तले खादा र माला लगाइदिएर बिदाबारी पनि गराइसकेका थिए । बिहान ७ बजे उड्ने नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं, दिल्ली हुँदै टोकियो पुग्ने टिकट थियो । त्यही अनुसार ५ बजे नै बिदाइ सकेर उनी सुरक्षा जाँच पार गरिसकेकी थिइन् ।
जाँच पार गरेर लगेज जो’खिसकेको अवस्थामा उनी उडानका लागि अन्तिम जाँच कक्षमा थिइन् । तर उडान हुनु केही समयअघि मात्रै एकाएक सादा पोशाकका चार/पाँच जना प्रहरीले पुगेर उनलाई केरकार गर्न थाले । उड्ने बेलामा केन्द्रीय अनु-सन्धान ब्यूरो (सीआईबी) का प्रहरी हौं भन्दै सोधपुछ हुन थालेपछि उनी असिन-पसिन भइन् ।
सुरुमा उनले आफूलाई केही कुरा थाहा नभएको बताइन्, कुनै अप-राधमा संलग्न नभएको दाबी गरिन्’ विमानस्थल पुगेका एक अधिकृत भन्छन्, तर कोहलपुरमा हत्या गरिएका सर्जन बिकसँगको बिवाह दर्ता गरेको कागजात देखाएपछि उनी अक्क बक्क भइन् ।
प’क्राउ पूर्जी लिएर विमानस्थल पुगेको प्रहरीले उनको हातमा हत्क-डी लगायो । वैदेशिक अध्ययन र उज्जवल भविष्यको परिकल्पना गर्दै विमानस्थल पुगेकी सपनाको सपना विमानस्थलमै तुहियो । उनलाई प्रहरीले प’क्राउ गरेर हिरा-सतमा लियो ।
केन्द्रीय अनु-सन्धान ब्यूरो (सीआईबी) का निर्देशक एआईजी उत्तमराज सुवेदी भन्छन्, उनीवि’रुद्ध अहिले विस्तृत अनु-सन्धान भइरहेको छ । सुवेदीका अनुसार २ वैशाख २०७८ मा कोहलपुर–११, बाँकेमा २१ वर्षीया सर्जन विक चढेको मोटरसाइललाई मिनी बसले ठ’क्कर दिएको थियो ।
त्यसक्रममा ज्यान गुमा-एका विकको २ करोड ५० लाख रुपैयाँको बीमा थियो । बीमा गरेको एक महिनामै उनको मृ-त्यु भएपछि बीमा कम्पनीलाई शंका लाग्यो र सीआईबीमा ठ-गी क’सूरमा उजु’री प-र्यो । अनु-सन्धानका सिलसिलामा बीमा रकम ह-त्याउनैका लागि सपनाको विकसँग नक्क’ली विवाह गराइएको खुलेको सुवेदीले बताए ।
सपनाको बयान अनुसार उनलाई विकसँग विहे गरे डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लगिदिने प्रलो-भन दिइएको थियो । विवाह दर्तापछि विकसँग मल्लको भेट समेत भएको थिएन । उनी विकको मृ-त्यु संस्कारमा पनि सहभागी भएकी थिइनन् ।
उनले दिएको बयानमा आफूलाई बीमाबारे कुनै जानकारी नभएको बताएकी छन् । प्रहरीका अनुसार प्रक’रणमा मल्लसहित सञ्जीव अर्याल, सरदार महमद खाँ, टोपबहादुर राना क्षेत्री, दिपकक केसी र ललिता सापकोटा ‘आरती’ पनि प’क्राउ परेका छन् ।