२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

देउवा डढेलधुरा बाट चुनाव लडदा हारिने डरले बैकल्पीक,ल क्षेत्रको खोजि गर्दै !

साउन १३, काठमाडौ : सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले केहि दिन भित्रै संघिय निर्वाचनको मिति तोक्ने तयारी गरेका छन् ।

ज्योतिषसँगको परामर्शमा मिति तय भए पछि त्यहि मितिमा चुनावको मिति घोषणा गर्ने तयारी देउवाले गरेका छन् त्यो भन्दा पनि झनै रोचक कुरा त अर्कै बाहिर आएको छ ।

२०४८ साल देखी लगातार डढेलुधुराबाट संसदीय निर्वाचन जित्दै आएका देउवाले यस पटक डढेलधुरा छोडेर अन्यत्रैबाट चुनाव लड्ने मनस्थितीमा पुगको बताइएको छ । देउवा किन डराए भन्ने बारेमा एकिन नभए पनि कोर टिममा बैकल्पीक निर्वाचन क्षेत्रको बारेमा व्यापक छलफल सुरु भएको बताइन्छ ।

आफ्ना अती निकट मित्रहरुको सुझावको आधारमा देउवाले डढेलधुरा छोड्ने मनस्थिति बनाएको बताइएको छ । गत स्थानिय तहको निर्वाचनमा देउवाकै वडामा काग्रेस पराजित भए पछि देउवा झस्किएका थिए ।

निर्वाचन क्षेत्र रोज्नु भन्दा अघि ज्योतिषसँग पनि परामर्श गर्ने तयारी देउवाले गरेको बताइएको छ । डढेलधुराको राजनितीक परिवेश परिवर्तन भएको भन्दै यो पटक देउवाका लागी बिकल्प नखोजे गारो पर्न सक्ने रिपार्ट उनी समक्ष पुगेको छ ।

डढेलधुरा छोड्दा कुन क्षेत्रबाट लड्ने भनेर बैकल्पीक क्षेत्रका बारेमा देउवाको कोर टिममा सघन छलफल सुरु भएको छ ।
केहि फ्याक्टरहरुका कारण देउवा झस्किएको बताइन्छ । युवा इन्जीनियर सागर ढकाल जसलाई पाँच बर्ष अघि देउवाले

साझा सवाल कार्यक्रममा तपाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर थर्काएका थिए उनी देउवासँगै चुनाव लड्छु भन्दै डढेलधुरा पुगिसकेका छन् । सागर ढकाल भन्दा पनि अर्को फ्याक्टरका कारण देउवाका लागी डढेलधुरामा बढि असुरक्षित रहेको बताइन्छ ।

एका तिर देशमा पूर्व प्रधानमन्त्री हराउँ अभियान भनेर ठूलै अभियान चल्ने सम्भावना देखिएको छ भने अर्का तिर गत निर्वाचनमा देउवाकै क्षेत्रबाट प्रदेश सभाको उमेदवार भएर निर्वाचित भएका जिल्लाका पूर्व सभापती समेत रहेका कर्ण मल्लले देउवालाई हराउँनैका लागी भन्दै पाटीै छोडेपछि देउवा धेरै थर्कमान भएका छन् ।

कर्ण मल्लले स्थानिय तहको निर्वाचनमै एमालेसँग सहकार्य गरेका थिए । अहिले कर्र्णलाई काग्रेसले पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरिसकेको छ भने मल्लले नेपाली काग्रेस विपीमा प्रवेश गरेर महत्वपुर्ण जिम्मेवारी पाएका छन् । मल्लसँग देउवाले सबैभन्दा धेरै थ्रेट फिल गरेका बताइन्छ ।

स्थानिय स्तरमा राम्रो सँग भिजेका कर्ण मल्ले धेरै भोट प्रभावित पार्न सक्ने सुचना देउवाको कानमा पुगेको छ । निकै जोशका साथ स्वतन्त्र उमेदवारी दिएर आफुसँगै प्रतिष्पर्धा गर्छु भनेर डढेलधुरा पुगेका सागर ढकालसँग अहिलेनै नतर्सिए पनी उनका गतिविधी नोटिसमा भने देउवाले राखेको बताइन्छ ।

सबै कोणबाट विश्लेषण गर्दा डढेलधुरा छोड्नुनै राम्रो हुने सुझाव उनका निकटस्थहरुले दिइरहेका छन् । संसदीय निर्वाचनमा डडेल्धुरा छाड्ने विषयमा पूर्ण सहमत भइनसके पनि प्रधानमन्त्री देउवाले कञ्चनपुर ३ को सम्भावनाबारे पनि छलफल गरेका छन् । गत संसदीय निर्वाचनमा सुदूरपश्चिममा डडेल्धुरामात्रै कांग्रेसले प्रत्यक्षमा जितेको थियो ।

त्यसबाहेक सबैभन्दा कम मतान्तरले कांग्रेस पराजित भएको क्षेत्र कञ्चनपुर ३ हो । जहाँ कांग्रेसका रमेश लेखक एमालेका दीपकप्रकाश भट्टसँग २५८ मतान्तरले पराजित भएका थिए । वाम गठबन्धनका भट्टले २६ हजार ३६४ मत ल्याउँदा कांग्रेसका लेखकले २६ हजार १०६ मत पाएका थिए ।

डडेल्धुरामा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्ललगायतले विद्रोह गरेका कारण संसदीय निर्वाचनमा देउवालाई असर पर्ने धेरैको आँकलन छ । मल्लले देउवाविरुद्ध आफ्नो उम्मेदवारी पर्ने बताइसकेका छन् ।

नेपाली कांग्रेस बीपीका तर्फबाट मल्ल उम्मेदवार भए एमालेले समर्थन जनाउने सम्भावना उत्तिकै छ । यही कारण डडेल्धुराभन्दा सुरक्षित क्षेत्र कञ्चनपुर ३ लाई मानिएको छ । साविक कञ्चनपुर ४ को अधिकांश क्षेत्र समेटिएको सो क्षेत्रबाटै २०६४ को संविधानसभा निर्वाचनमा देउवा विजयी भएका थिए ।

२०७९ श्रावण १३, शुक्रबार प्रकाशित 0 Minutes 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।