२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

अर्थमन्त्री सिसि टिभी कान्ड ! हेरियो फुटेज, मान्छे चिनिएन !

साउन १२, काठमाडौ : अर्थमन्त्रालयमा बाहिरी व्यक्तिको घुसपैठ भएको भनिएको १४ जेठको सीसीटीभी फुटेज रिकभर भएको छ ।

नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले फुटेज रिकभर गरेर संसदीय छानबिन समितिमा पठाएको हो । प्रयोगशालाबाट प्राप्त भिडि‌ओ फुटेजहरू आज बिहान बसेको बैठकमा समिति सदस्यहरुले हेरेका थिए ।

१४ गते रातिको फुटेज भेटिएको तर, उक्त दृष्यमा मन्त्रालयभित्र रहेका मान्छेहरूको पहिचान हुन नसकेको एक सांसदले जानकारी दिए ।

रातिको दृष्यमा मान्छेहरूको अनुहार प्रष्ट चिनिएको छैन । यसलाई थप प्रष्ट पार्नका निम्ति हामीले विज्ञहरूसँग बसेर छलफल गर्ने निर्णय लिएका हौं, ती सांसदले भने ।
फुटेज भेटिएको तर उक्त दुश्यमा मन्त्रालयभित्र रहेका

व्यक्तिहरुको पहिचान हुन नसकेको जनाइएको छ ।
भने थप प्रष्ट पार्नको लागि समितिले विज्ञहरुसँग मिलेर छलफल गर्ने तयारी गरिरहेको छ । नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले फुटेज रिकभर संसदीय छान-बिन समितिमा बुझाएपछि समिति सदस्यहरुले आज हेरेका थिए ।

२०७९ श्रावण १२, बिहीबार प्रकाशित 1 Minute 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।