२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

मेयर बालेनले पशुपति मन्दिर परिसरमा रुद्राक्षका बिरुवा रोपे !

साउन १२, काठमाडौ : प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथको मन्दिर वरपर सङ्खुवासभाको रुद्राक्षका बिरुवा रोपिएको छ ।
आज एक कार्यक्रमकाबीच खाँदबारी नगरपालिका,

काठमाण्डौ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त अभियानमा पशुपति क्षेत्र भित्र रूद्राक्षकाे वृक्षारोपण गरिएकाे हाे । वृक्षारोपण कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक

उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाद्वारा संयुक्त रुपमा वृक्षारोपण गर्नुभएकाे हाे ।
केही दिन अगाडि खाँदबारी नगरपालिकाका मेयर थपलिया र काठमाण्डौ महानगरका मेयर शाहबीच भेटघाटपछि

एकआपसमा सहकार्य गरी अगाडि बढ्ने सहमति भएको थियो । भेटघाट पछि नै पशुपति क्षेत्रमा सङ्खुवासभाको रुद्राक्षका बिरुवा रोप्ने कार्यक्रम तय भएको र अन्य विभिन्न कार्यक्रमहरु समेत सहकार्यमा गर्दै जाने खाँदबारी नगरपालिकाका मेयर थपलियाले बताउनुभयो ।

पशुपति क्षेत्रभित्र रुद्राक्षका बिरुवा रोप्नका लागि खाँदबारी नगरपालिकाले एक लाख रुद्राक्षका बिरुवा उपलब्ध गराउने मेयर थपलियाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाण्डौ महानगरपालिकाका मेयर शाहले एकअर्का बीच सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभएको छ।

२०७९ श्रावण १२, बिहीबार प्रकाशित 0 Minutes 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।