२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

मेयर बालेन साह र हर्क साम्पाङको पक्षमा सभामुख सापकोटा, खुलेर गरे प्रशंसा !

साउन १२, काठमाडौ : प्रतितिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटाले स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर बिजयी भएका काठमाडौँ महानगरपालिकाका मेयर

बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका बिषयमा रोचक प्रतिक्रिया दिएका छन् ।
सभामुख सापाकोटाले बालेन र हर्क साम्पाङको खुलेर प्रशंसा गरेका छन् ।

काठमाडौँ र धनानमा यूवाहरुको जितले ठूलो .सन्देश दिएको भन्दै बालेन र हर्कहरुले दिएको सन्देशको गम्भिरलाई सबैले राम्रोसँग बुझ्नु पर्ने बताए ।

युवाहरु अब जागेको भन्दै सभामुख सापकोटाले त्यसको प्रकटीकरण धरान र काठमाडौँबाट देखिन थालेको बताएका छन् । स्वतन्त्र उमेदवारहरुको जितलाई सभामुख सापकोटाले मुलुकमा युवाहरुको आवाज बुलन्द हुन थालेको अर्थमा विश्लेषण गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले काठमाडौं र धरानबाट युवाको आवाज बुलन्द हुन थालेको बताएका हुन् ।

युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा । यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ’ उनले भने ।

सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरविरोध मडारिन थालेको भन्दै संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए ।

देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकामा युवा उमेदवार बालेन शाहले हेभिवेट भनिएका उमेदवारहरुलाई भारी मतले पराजित गर्दै सानदार रुपमा निर्वाचित भएका थिए भने धरानमा पनि कसैले नपत्याएका हर्क साम्पाङ भारी मतान्तरका साथ मेयर निर्वाचित भएका थिए।अन्नपूर्ण टाइम्स

२०७९ श्रावण ११, बुधबार प्रकाशित 0 Minutes 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।