
साउन ११, काठमाडौं : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले थोरै दिमाख घुमाएपछि नयाँ बानेश्वर क्षेत्रका फुट-पाथ व्यापारीहरुको भागामाग भएको छ ।
बालेनले स्थानीयबासी र सटर ब्यापारीलाई उचालेर फु-टपाथ व्यापारी वि-रुद्ध प्रयोग गरेपछि उनीहरुको भागाभाग भएको हो । यसरी स्थानीय जागेपछि उनीहरु तीन दिनदेखि देखिएका छैनन् ।
बालेनले स्थानीय र सटर व्यापारीलाई उचालेर दैनिक घम्सा-घम्सी गर्न लगाएपछि साँझमा मात्रै देखापर्ने फुट-पाथ व्यापारी देखिन छाडेका हुन् । ४ साउनमा नयाँ बानेश्वर नजिकै फुट-पाथ व्यापारी र स्थानीयबासीबीच वि’वाद सुरु भएको थियो ।
एक स्थानीयले बिरामी बोकेको गाडी निकाल्न लाग्दा बाटो नपाएपछि चर्का-चर्की भएपछि बानेश्वरमा फुट’पाथ हटाउन स्थानीयबासी तात्तिएका थिए ।
त्यसपछि दैनिकजसो बानेश्वर क्षेत्रमा स्थानीयबासी र व्यापारीबीच तना-वको अवस्था सिर्जना भइरह्यो । नगर प्रहरीले पनि यस्तो विवाद मिलाउन चासो नदिएपछि जनपथ प्रहरी परिचालित भयो । दैनिकजसो झै–झग-डा हुन थालेपछि प्रहरीले ला-ठी चा’र्ज गर्ने अवस्था दोहोरिरह्यो ।
कुनै हालतमा बस्न नदिने स्थानीयको अडानमा नगर प्रहरीले पनि साथ दियो । यही बीचमा स्थानीयबासी र सटरका व्यवसायीहरु नगर प्रहरी बलले दिएको ‘स्वयंसेवक’ लेखिएको ज्याकेट लगाएर फुट-पाथ व्यापारीलाई रोक्न खटिए ।
यसमा बानेश्वर व्यापार संघका पदाधिकारी नै अग्र मोर्चामा देखिए । दैनिक भएको तनावले अवस्था झन् असहज हुने देखेपछि फुट-पाथमा व्यापारीहरु आउन छाडेका छन् । यसले गर्दा बानेश्वर फुट-पाथ व्यापार मुक्त क्षेत्र’ बनेको छ ।
बानेश्वरमा अहिले साइकल र ठेलागाडामा सामान बेच्नेहरु पनि छैनन् । नगर प्रहरी र स्थानीयबासीले साँझको समयमा निरन्तर गस्ती गरिरहेका छन् ।
उनीहरुको गस्तीबीच कोही पनि व्यापारी फुट-पाथमा आएर बस्ने अवस्था पनि छैन । कतिपय फुट-पाथ व्यवसायी मेगा बैंकको पछाडिपट्टीको क्षेत्रमा खुलेको बानेश्वर प्लाजामा सरेका छन् । तर, धेरैजसो व्यवसायी बानेश्वरबाट अन्यत्रको फुट-पाथमा गएका छन् । मोटिभेट न्युज