२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो चार्टर्ड उडान – भियतनाम बाट आउने जहाज काठमाण्डौ हुँदै अवतरण हुने !

साउन ११, काठमाण्डाै : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक रुपमा सञ्चालनमा आएको दुई महिनापछि आज पहिलो चार्टर्ड उडान/अवतरण हुँदैछ ।

भियतनामको नोइ बाइ इन्टरनेशनल एअरपोर्टबाट दुई जना भिक्षु यात्रु बोकेर आउने १२ सिटे प्राइभेट जडाज काठमाण्डौ हुँदै भैरहवामा अवतरण हुन लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक एवम् सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जहाज मौसमले साथ दिएमा सवा १२ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

पाँच दिन पार्किङमा रहने जहाज साउन १६ गते काठमाण्डौ हुँदै भियतनाम फर्कने उडान तालिका रहेको पनि उहाँले बताउनुभयो ।

यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान मात्रै हुँदै आएका थिए । गएको जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएसँगै भैरहवा विमानस्थलबाट अहिले जजिरा एअरवेजले मात्रै उडान गरिरहेको छ ।

२०७९ श्रावण ११, बुधबार प्रकाशित 0 Minutes 110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार