२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

मेयर कोइरालाकाे सम्पत्ति, ३ करोड ३० लाख रुपैयाँ पर्ने गाडी र ८० तोला सुन !

साउन ११, काठमाण्डाै : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण बुझाउनु भएको छ । कोइरालाले आफ्नो नाममा महानगर क्षेत्रभित्र ८५ कट्ठा

जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।
मेयर कोइरालाको नाममा विराटनगरको वडा नम्बर ११ र १५ मा रहेको आफ्नो व्यक्तिगत नामको जग्गाको विवरण मात्र सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको हो ।

दुई वटा वडाका कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५ सय ९८ मा गरी उहाँको नाममा २८ हजार ७ सय १९ वर्गमिटर ९ सय ८५ कट्ठा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ । विराटनगर १५ मा ७४ कट्ठा र ११ नम्बर

वडामा ११ कट्ठा जग्गा भाइको नाममा रहेको भए पनि पैतृक सम्पत्तिबाट आफ्नो भागमा आएको उल्लेख गरिएको छ । जग्गाकाे आर्थिक मूल्याङ्कन कति हो भनेर उल्लेख गरिएको छैन ।

मेयर कोइरालाको एकाघरको सम्पति भने त्योभन्दा धेरै छ । तर, उहाँले व्यक्तिगत स्वामित्वमा रहेको सम्पत्तिको विवरण मात्र बुझाउनु भएको हो । कोइरालासँग ८० तोला सुन रहेको विवरणमा उल्लेख गरिएको छ ।

उहाँको नाममा बैंकमा १० लाख रुपैयाँ नगद रहेको र त्यो नगद पनि पैतृक सम्पत्तिबाटै प्राप्त भएको भनिएको छ । उहाँले सम्पत्ति विवरणमा विराटनगरमा भएका घरहरुको विवरणबारे उल्लेख गर्नुभएको छैन । उहाँको नाममा ३ करोड ३० लाख रुपैयाँ मूल्य पर्ने गाडी रहेको विवरणमा उल्लेख छ ।

२०७९ श्रावण ११, बुधबार प्रकाशित 0 Minutes 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।