२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

वैदेशिक रोजगारका लागि ६० म्यानपावरले पठाउन सकेनन् एक जना पनि कामदार !

साउन १०, काठमाण्डौ : वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएका आठ सय ७२ म्यानपावर कम्पनीमध्ये ६० म्यानपावरले गएको आर्थिक वर्ष २०७८/७९ मा एक जनालाई पनि वैदेशिक रोजगारीमा पठाउन सकेनन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार तीन वटा म्यानपावर कम्पनीले एक/एक जना मात्र श्रमिक पठाएका छन् भने तीन ओटा म्यानपावरले दुई/दुई जना मात्रै श्रमिक वैदेशिक रोजगारीमा पठाएका छन् ।

वैदेशिक रोजगार नियमावली (पाँचौ संसोधन)२०७६ मा म्यानपावर नवीकरणको लागि पछिल्ला दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एकसय जना श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको हुनुपर्ने व्यवस्था छ । तर नियमावलीको त्यो व्यवस्था अहिलेसम्म लागू नै हुन पाएको छैन ।

नियमावलीको पाँचौ संसोधन लागू हुन नपाउँदै को-रोना महामा’री सुरु भयो । को-रोना महामा’रीको कारण देखाएर दुई वर्ष पहिले मन्त्री परिषदको बैठकले वर्षमा एक सय श्रमिक पनि पठाउन नसक्ने म्यानपावरको नवीकरण गर्ने निर्णय गरेको थियो ।

त्यो निर्णय श्रम गन्तव्य देशमा को-रोनाका कारण रोजगारी बन्द भएसम्मको लागि थियो । पछिल्लो वर्ष को-रोनाको असर घटेसँगै रोजगारी खुलिसकेको छ । सबै श्रम गन्तव्य देशबाट को-रोनापूर्वकै अवस्थामा माग आउन र श्रमिक जान थालिसकेका छन् ।

लामो समयसम्म बन्द रहेको मलेसियाको रोजगारी पनि खुलिसकेको छ । वैदेशिक रोजगारीको अवस्था सामान्य भएसँगै पुरानै निर्णय लागू हुन्छ कि भनेर एक सय भन्दा बढी श्रमिक पठाउन नसक्ने म्यानपावर कम्पनी डराएका थिए । तर गएको असार ३१ गतेको मन्त्रीस्तरीय बैठकले फेरि पुरानै निर्णयलाई दोहो-र्यायो ।

असार ३१ गते राजपत्रमा सूचना नै जारी गरेर एक सय जना वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावरको इजाजतपत्र आर्थिक वर्ष २०७९/८० को लागि नवीकरण गर्न दिने निर्णय गरेको छ । वैदेशिक रोजागर ऐन २०६४ को दफा ८२ ले दिएको अधिकार बाधा अड्काउ फुकाउने आदेश जारी गरेको राजपत्रमा उल्लेख छ ।

मन्त्रीस्तरीय यो निर्णयले गर्दा साढे दुई सय जति म्यानपावर कम्पनी खारेज हुनबाट जोगिएका वैदेशिक रोजगार विभागका प्रवक्ता कृष्णकुमार भुसाल बताउनुहुन्छ । अझै पनि साढे दुई सय जति म्यानपावरले वर्षमा एक सय जति पनि श्रमिक पठाउन सकेका छैनन् ।

नियमावलीअनुसार उनीहरु नवीकरण हुन पाउँदैनथे, भूसालले भन्नुभयो, तर मन्त्रीस्तरीय निर्णयले जोगाइदिएको छ । को-रोना महामा’रीले पारेको असरले व्यवसाय सञ्चालनमा गाह्रो परेको भनेर यस्तो निर्णय गरेको हुनसक्छ ।

यो निर्णयले एक सय जना मात्र होइन एक जना श्रमिक पनि पठाउन नसक्ने म्यानपावर कम्पनीलाई पनि राहत मिलेको उहाँको भनाइ छ ।एक जना श्रमिक पनि पठाउन नसक्ने म्यानपावरको संख्या ६० छ । कतिपय म्यानपावरले मलेसियामा मात्रै श्रमिक पठाउने गरेको र लामो समयसम्म त्यहाँको रोजगारी बन्द रहेकाले पनि त्यसको असर यी म्यानपावरमा परेको छ ।

म्यानपावर कम्पनी सञ्चालन गर्न वैदेशिक रोजगार विभागमा धरौटी रकम जम्मा गर्नुपर्छ । यस्तै बैंक ग्या-रेण्टी पनि राख्नुपर्छ । श्रमिक पठाउन नसक्ने म्यानपावरलाई आफू टिकिराख्न समस्या हुन्छ । त्यसैले उनीहरु नवीकरण गर्न नचाहने र खा’रेजीको प्रक्रियामा जाने गरको उहाँको भनाइ छ ।

गएको वर्ष १२/१३ म्यानपावर कम्पनी खारेज भएका छन् । पछिल्लो समय यो क्रम बढेको हो कि जस्तो देखिन्छ, उहाँले भन्नुभयो । श्रमिक पठाउन नसक्दा लगायत विभिन्न कारणले खारेजीमा जान चाहन्छन् ।खारेजीपछि जम्मा गरेको रकम फुकुवा हुन्छ । त्यसले अन्तै लगानी गर्छन् । उज्यालो अन्लाईन

२०७९ श्रावण १०, मंगलवार प्रकाशित 1 Minute 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार