२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

अष्ट्रेलियाको भिषा प्रकृया छिटो बनाउन सरकारको निर्देशन !

साउन १०, काठमाडौ : अष्ट्रेलियाको भिषा प्रकृया सुस्त भएको गु’नासो बढ्न थालेपछि सरकारले सबै उपाय प्रयोग गरेर छरिदो बनाउन डिपार्टमेन्ट अफ होम अफेयर्स (गृह विभाग) लाई निर्देशन दिएको छ ।

अष्ट्रेलियाको भिषा सम्बन्धी कार्य यो विभागले गर्छ । विदेशबाट दर्ता भएका भिषा आवेदनहरु जनशक्ति अभावका कारण लामो समय लाइनमा बस्नुपर्ने बाध्यता आएको छ । यो प्रकृयालाई यथासक्य छिटो र छरिदो बनाउन सरकारले विभागलाई निर्देशन दिएको हो ।

विदेशबाट आवेदन हालिएका विद्यार्थी, पर्यटक र अस्थाई कामदार भिषा प्रकृयालाई छिटो बनाउदा, उनीहरु छिटै अष्ट्रेलिया आएर यहाँको कामदार अभाव घटाउन मद्धत पुग्ने बताइएको छ । आज अध्यागमन, नागरिकता तथा बहुसंस्कृति मामिला मन्त्री एन्ड्रयु गिलसले जारी गर्नु भएको विज्ञप्तीमा

विभागलाई भिषा प्रकृया छिटो बनाउन सबै खाले उपाय अपनाउन निर्देशन दिइएको उल्लेख छ । भिषा प्रकृयालाई छरिदो बनाउन यसअघि कोभिड यात्रा प्रबन्धमा खटिएका १

सय ४० जना कर्मचारी लाई अघिल्लो मे देखि भिषा शाखामा काम गर्न पठाइएको समेत विज्ञप्तीमा उल्लेख छ । मन्त्री गिलसले भिषाको आवेदन बढेका कारणले समेत प्रकया सुस्त भएको दाबी गर्नुभएको छ । गत मे भन्दा जुन भिषा आवेदन साढे ६ प्रतिशतले बढेको बताइएको छ ।

विभागले गत जुनदेखि २ महिनाको समयमा ७ लाख ४५ हजार भिषा आवेदनलाई अन्तिम रुप दिएको छ । जसमा ६ लाख ४५ हजार भिषा आवेदन विदेशबाट परेको थियो । जसमध्ये ३ लाख ८८ हजार पर्यटक, ६२ हजार विद्यार्थी र साढे ९ हजार

अस्थाई कामदार भिषाको आवेदन परेको थियो ।
मन्त्री गिलसले भिषा प्रकृयालाई छिटो र छरिदो बनाउने सरकारको मुख्य प्राथमिकतामा परेको तथा यसअघि देखि लाईनमा रहेका भिषा आवेदनको संख्या तुरुन्तै घटाउन भने समय लाग्ने बताउनुभएको छ ।

२०७९ श्रावण १०, मंगलवार प्रकाशित 1 Minute 234 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार