
साउन ९, काठमाण्डौ : अब मोबाइल एप्लिकेशनबाटै राहदानीबारे जानकारी लिन मिल्ने भएको छ । राहदानी विभागको ‘नेपाल ईपासपोर्ट’ नामक मोबाइल एपबाट
राहदानी सम्बन्धी विवरण हेर्न सकिने राहदानी विभागले जनाएको छ । विभागका अनुसार यस एपबाट राहदानीका लागि पेश गरेको आवेदन फारम स्वीकृत भएको नभएको र राहदानी प्रिन्ट भए नभएको हेर्न सकिने छ ।
राहदानी विभागको यो मोबाइल एप एन्ड्रोइड र आईओएस दुवै भर्जनमा उपलब्ध छ । यो एप एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोरबाट र आईओएसका लागि एप्पल स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।
थप समाचार, बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट रु तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।
तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ । एक वर्षको अवधिमा नेपालले रु एक खर्ब ६८ अर्ब २३ करोड ३२ लाख बढीको डिजेल मात्रै आयात गरेको हो ।
रु ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार बराबरको डिजेल, रु ६५ अर्ब ५५ करोड नौ लाख बराबरको खाना पकाउने एलपी ग्यास र रु १५ अर्ब १५ करोड ४९ लाख बराबरको हवाई इन्धन आयात भएको छ ।
एक वर्षको अवधिमा रु एक खर्ब १३ अर्ब बराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल, रु ५२ अर्ब बराबरको मोबाइल र ल्यापटप, रु ४८ अर्बको सुन–चाँदी र रु ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ ।
नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेलको निर्यात भएको छ । एक वर्षको अवधिमा रु ४८ अर्ब १२ करोड बराबरको प्रशोधित भटमासको तेल, रु ४१ अर्ब ६४
करोड बराबरको प्रशो-धित पाम तेल, रु १० अर्ब १४ करोड बराबरको सेन्थेटिक यार्न, रु सात अर्ब ७१ करोड बराबरको उनीका सामग्री तथा रु पाँच अर्ब ७६ करोड बराबरका तयारी कपडाको नि-र्यात भएको छ ।