२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

काठमाडौँ भन्दा भैरहवाबाट हवाई सस्तो, एयर अरेबियाले उडान सुरु गर्दै !

साउन ९, काठमाडौं : यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ ।

जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेको छ ।यस विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमान सेवा कम्पनी हो।

भैरहवा–कुवेत हवाई भाडा सस्तो पनि भएकाले अहिले यहाँबाट हामीले राम्रो सङ्ख्यामा यात्रु पाएका छौँ । जजिरा एयरवेज नेपालका कन्ट्री म्यानेजर अमित नागरथले बताउनुभयो ।

काठमाडौँ–कुवेतको भन्दा भैरहवा–कुवेतको हवाई भाडा निकै सस्तो छ । भैरहवा–कुवेत हवाई भाडा प्रतियात्रु करिब ८ हजार रुपैयाँको हाराहारीमा सस्तो रहेको नागरथले बताउनुभयो ।
यहाँबाट कुवेतमात्र नभई कुवेत ट्रान्जिट हुँदै कतार

लगायतका खाडीका अन्य देश समेत जाने यात्रुहरू बढी रहेका छन् । अहिलेसम्म भैरहवा–कुवेत ८ उडान भइसकेकोमा ३ उडानमा फुल बोर्डका साथै अन्यमा पनि ८० प्रतिशतभन्दा बढी यात्रु उडेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

२०७९ श्रावण ९, सोमबार प्रकाशित 0 Minutes 327 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार