२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

ज्ञानेन्द्र शाही भन्नुहुन्छ – नागरिता विधेयकले देशको अस्तित्व माथि प्रश्न चिन्ह खडा हुन्छ ।

साउन ८, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको नागरिकता विधेयकमाथि पुर्ण असहमति जनाएका छन्।

पार्टीको केन्द्रीय समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै शाहीले विवाह गरेर नेपाल आउनेबित्तिकै विदेशी महिलाले नागरिकता पाउने व्यवस्था गलत रहेको वताएका हुन्।

नागरिकतासम्बन्धी यस्तो प्रावधानले राष्ट्रमा प्रन्त दिर्घकालिन असर पार्ने उनको भनाइ छ। ’हरेक नेपाली नागरिकले सहज र सरल किसिमले नागरिकता प्राप्त गर्न पाउनुपर्छ।

विदेशी महिलाले नेपालमा विवाहपछि तुरुन्तै नागरिकता प्राप्त गर्ने व्यवस्था राष्ट्रियता माथि र देशको अस्तित्व माथि प्रश्न चिन्ह खडा हुन्छ।

यसले राष्ट्रमा ठुलो असर गर्छ’ सरकारले शुक्रबार प्रतिनिधिसभाको बैठकबाट नागरिकतासम्बन्धी विधेयक पारित गरेपछि यो विषय आलोचित बनेको छ।

२०७९ श्रावण ८, आईतवार प्रकाशित 0 Minutes 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।