२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

काठमाडौको दीपज्योति म्यानपावर बि’रुद्ध उ’जुरी दिन बिभाग पुगेका युवा विदेश उड्न पाएनन् !

साउन ८, काठमाडौँ : काठमाडौँको सिनामंगलस्थित दिप ज्योति म्यानपावर सर्भिस प्रालिले एक युवालाई वैदेशिक रोजगारमा पठाउनबाट बन्चित गरेको पाइएको छ ।

वैदेशिक रोजगारको क्रममा कुवेतको ARABIATA SHABRAWY AL-MAKOURIEH CO. मा पठाउन श्रम स्वीकृति लिएर चर्को अशुली मागेको म्यानपावरले चर्को लागत दिन अस्वीकार गरेपछि वैदेशिक रोजगारमै पठाउनबाट बन्चित गरेको पाइएको हो ।

पी-डितसँग म्यानपावरले कुवेतमा रोजगारको लागि एक लाख ६५ हजार मागेपछि पीडितले त्यत्रो रकम तिर्न नसक्ने भन्दै बैदेशिक रोजगार बिभागमा उ’जुरी दिन पुगेका बताए । म्यानपावरबि:रुद्ध चर्को लागतको उ-जुरी दिन बुद्धनगर स्थित वैदेशिक रोजगार बिभाग पुगेका पी-डितको उ’जुरी बिभागले लिएन ।

तर समस्या समाधानको लागि बिभागले सम्बन्धित म्यानपावरलाई फोन गरेर सचेत गराउदै वैदेशिक रोजगारको लागि सम्पूर्ण कागजात दिन निर्देशन दियो । त्यहि आधारमा म्यानपावर पुगेका युवालाई म्यानपावरले १५ दिन पछि मात्र पठाउने भनि बहाना बनायो ।

माथिको तश्वीरमा- (हवाई टिकट) गत मे ३१ को उडान टिकट ।

तर लामोसमय बित्दा म्यानपावरले आफूलाई सम्पर्कनै नगरेको पीडितले बताएका छन् । बिभागले चर्को लागत बि-रुद्ध उ’जुरी लिएर तत्काल कारवाही नगर्दा आफू वैदेशिक रोजगारमा जानबाट बन्चित भएको गुना-शो गरेका छन् ।

उनले बिभागले चर्को लागत लिए बिभागमा उजु-0री दिनु भन्दै आएको आफूलाई जानकारी भएपछि बिभाग पुगेको बताएका छन् । तर बिभाग पुग्दा बिभाग कर्मचारीहरुले म्यानपावरलाई जानकारी दिएको र तोकिएकै लागतमा बैदेशिक रोजगारमा पठाउन निर्देशन दिएपनि म्यानपावरले अटेर गरेको बताए ।

पी-डितको गुना”शो छ, जुन आशा लिएर बिभाग पुगेको थिएँ त्यहाँ त्यस्तो नहुने रहेछ । सबै मिलिमतो हुने जस्तो लाग्यो ।
उक्त दिन बिभागले म्यानपावर जानु भनेपछि म्यानपावर गएका ति पी-डितलाई म्यानपावरले बिभिन्न बहानामा १५ दिन पछि पठाउने भनेर तोकिएको दिनको टिकटमा पठाएन ।

उजुरी नदिएका र म्यानपावरले मागेजति पैसा दिएका अरु युवाहरुलाई त्यहि दिन कुवेत उडें । उजुरी दिने युवालाई पछि पठाइदिने भनेर पन्छिएको दिपज्योति म्यानपावर सर्भिसले लामो समय बित्दा पनि पी-डितलाई सम्पर्क गरेन । त्यसपछि पी-डितले म्यानपावरमा सम्पर्क गरे ।

म्यानपावरलाई सम्पर्क गर्दा म्यानपावरका संचालक धर्मेन्द्र प्रसाद यादवले कम्पनी नराम्रो भएकाले नपठाएको बहाना बनाईदिए । संचालक यादवले पीडितसँग त्यहि कम्पनीमा गएका युवाहरु समस्यामा परेर फर्किएको भनि बहाना बनाए ।

पी-डितले आफूलाई परेको समस्याबारे साझा सबाल मिडियालाई जानकारी गराएपछि मिडियाबाट जानकारी माग्दा म्यानपावर संचालक धर्मेन्द्र प्रसाद यादवले उही बहाना बनाए । तर प्रतिप्रश्नमा उनीसँग सोहि कम्पनीमा गएर फर्किएका

भनिएका युवाहरुको विवरण र सम्पर्क नम्बर माग्दा कार्यालय पुगेर दिने बताए पनि पटक-पटक म्यानपावर संचालकले बिभिन्न बहाना बनाउदै विवरण दिन चाहेका छैनन् । पी-डितले समस्याग्रस्त भनिएको कम्पनीमा जान आफूसंगै श्रमस्वीकृति लिएर कुवेत पुगेका अन्य तीन जना युवाहरुसँग उनिहरुको अवस्थाबारे बुझ्न खोज्दा उनिहरुले बोल्न नचाहेको बताएका छन् ।

२०७९ श्रावण ८, आईतवार प्रकाशित 1 Minute 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार