२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

जन प्रतिनिधि होस त हर्क साम्पङ जस्तो, विकासमा हातेमालो गर्दै साम्पाङ !

साउन ८, धरान : शुक्रबार साँझ ५ बजे धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर चोकमा दौरासुरुवाल र ढाकाटोपी लगाएर पुगेका मेयर हर्क साम्पाङ राई मानिसहरूबाट घेरिए।

उनीसँगै ला’गु-औ’षधवि’रुद्धको प्लेकार्ड बोकेर उभिनेमा विराटनगर–१ मोरङका ८० वर्षीय गोविन्द ढुंगाना पनि थिए। उनी मेयर साम्पाङलाई भेट्न र उनका बारेमा रचिएको कविता सुनाउन धरान आएका थिए।

शुभेच्छा शीर्षकको कविता ढुंगानाले सुनाउँदा विजयपुर चोक तालीको गडगडाहटले गुन्जियो। उनको कविताको एउटा अंश थियो, बाधा पार्छन् कठिन पथमा व्यर्थ केही पराई, फाँडी झाडी अघि बढ सधैं हर्क साम्पाङ राई।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार बनेर जितेसँगै सुरु भएको साम्पाङको चर्चा अझै सेलाएको छैन।

बरु चर्चा यति चुलिएको छ कि धरानबाहिर विभिन्न ठाउँबाट उनलाई भेट्न युवा, वृद्ध-वृद्धा आइरहेका छन्। उनले सुरु गरेको विकासको अभियान र सामाजिक जनचे-तना जगाउने अभियानमा धरानबाहिरबाट पनि उत्तिकै साथ, समर्थन भइरहेको छ।

अहिले धरानको चर्चा चल्नु स्वतन्त्र उम्मेदवार साम्पाङको जितले मात्र होइन, उनले अघि सारेको अभियान र विकासको मोडलका कारण पनि हो। सरकारी लगानीबिना जनताको श्रमदानमा सानो आकारको विकासे काम अघि बढाउन उनी आफैं फिल्डमा उत्रिएका छन्।

शनिबार र अन्य सार्वजनिक बिदाको दिन साम्पाङ बिहानैदेखि विकासको काममा जनतासँगै हुन्छन्। उनी आफैं ढुंगा बोक्छन्, सिमेन्टको बोरा उचाल्छन्। गैंती र बेल्चाले खन्छन् पनि। यसरी नै उनले पकुवा खोलाको पानी धरान–११ र १७ का बासिन्दालाई खुवाउन थालिसकेका छन्।

अहिले निसाने, सर्दु र खर्दु खोलाको पानी संकलन गर्न श्रमदानको अभियान सुरु भइसकेको छ। त्यहाँ पनि उनी बिदाको दिन श्रम गर्न पुग्छन्। मेयर कुर्सीमा बसेर निर्देशन मात्र दिएको देख्ने धराने जनता साम्पाङको कार्यशैलीबाट प्रसन्न छन्।

नीतिनिर्माण गर्नुपर्ने, प्रशासनिक काममा ध्यान दिनुपर्ने र निर्देशन दिएर मातहतको कर्मचारी खटाउनुपर्ने मेयर साम्पाङ आफंै ढुंगा बोक्न कुदिहिँडेको भन्दै राजनीतिक दलका नेता, कार्यकर्ताहरूबाट आलो-चना भए पनि उनको गति रोकिएको छैन।

धराने जनताको साथ झन् बढ्दै गइरहेको छ। मेयर साम्पाङ भन्छन्, विकासमा जनतालाई सहभागी गराउँदै अघि बढ्छौं। धरानको दिगो विकास यसरी नै सम्भव छ। जनतालाई बाइपास गरेर विकास सम्भव छैन।

शनिबार निसाने खोलामा श्रमदान गर्न र आर्थिक सहायत दिन एक हजारभन्दा बढी धराने जनता उर्लिए। त्यहाँ इन्टेक निर्माण भइरहेको छ। त्यहाँ अढाइ लाख लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण गर्ने योजना पनि छ।

सोही योजनाका लागि मेयर साम्पाङले धरानका भूपू सैनिकहरूलाई शनिबार निसाने खोलाको बगरमा आउन आह्वान गरेका थिए। शनिबार दिउँसो भूपू सैनिक, भूपू परिवारसँगै हजारभन्दा बढी जनता निसानेमा पुगेका थिए।

त्यसअघि बिहानै ७ बजे पकुवा खोलाको मुहान क्षेत्रमा पनि वृक्षरोपणका लागि सयौं मानिस उनीसँगै पुगे। पकुवाको मुहानको पाइप सुधारका काममा पनि उनी जुटेका थिए। निसाने खोलामा भइरहेको काम हेर्न पुगेका भूपू बेलायती सैनिक ८४ वर्षीय लालबहादुर लुङ्फुङ्वा

लिम्बूले भने,मेयर हर्क साम्पाङको विकास हेर्न आएको। उहाँले भूपूहरूलाई बोलाउनुभएको थियो। यस्तो काम पहिला नै हुनुपथ्य्रो। अहिले सुरु भएको छ, एकदम राम्रो छ। सबैले सहयोग गर्नुपर्छ।

धरान–१८ स्थित डिपोट स्कुलका प्रिन्सिपल राजकुमार राईले पनि जनश्रमदानमा धराने जनताको जोस र जाँगर देखेर आफूलाई धेरै खुसी लागेको बताए। उत्साहवद्र्धक जनसहभागिता छ, यसलाई स्थानीय सरकारले राम्रोसँग सदुपयोग गर्न सक्यो भने विकासका आधारहरू खडा हुन्छ भन्ने लागेको छ, उनले भने।

२०७९ श्रावण ८, आईतवार प्रकाशित 1 Minute 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार