२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

विश्वकै कम-जाेर सुचिमा नेपालकाे पासपाेर्ट, जापानकाे सबैभन्दा बलियाे !

साउन ७, काठमाण्डाै : नेपालको पासपोर्ट (राहदानी) विश्वकै कमजोर रहेको एक अध्ययनले देखाएकाे छ । लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको राहदानी निकै कमजोर पाइएको हो ।

अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १ सय ६ औँ स्थानमा राखेको छ । उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि १ सय ५ औँ स्थानमा छ । गएको वर्ष नेपाल १ सय ९ औँ स्थानमा रहेको थियो ।

विश्वका कति देशले भिसाविना नै भिसा फ्री स्कोर ती देश प्रवेश गर्न दिन्छन् भन्ने आधारमा सूची तयार गरिन्छ । जसअनुसार जापान एक नम्बरमा छ । त्यस्तै सिङ्गापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन् ।

जापानी नागरिकहरूले पहिले नै भिसा नलगाइ संसारका एक सय ९३ देशको भ्रमण गर्न पाउँछन् भने नेपालीले ३८ देशको मात्र भ्रमण गर्न मिल्छ ।

दोस्रो शक्तिशाली सिङ्गापुर र दक्षिण कोरियाको राहदानीले एक सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले एक सय ९० देश घुम्न सकिन्छ ।

दक्षिण एसियाली देशहरूमध्ये भारत ८७, भुटान ९३, बङ्गलादेश १ सय ४ र पाकिस्तान १ सय ९ औँ स्थानमा रहेका छन् । सर्वेक्षण गरिएका देशमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा १ सय १२ औँ स्थानमा छ ।

२०७९ श्रावण ७, शनिबार प्रकाशित 1 Minute 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार