
साउन ५, काठमाण्डौँ : स्वतन्त्र तर्फबाट नगर प्रमुख (मेयर) जितेका हर्क साम्पाङ अहिले धरान उपमहानगरपालिकाको खानेपानी समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर रातदिन काममा तल्लिन छन् ।
चाँडै धराने जनतालाई शुद्ध खानेपानी खुवाउनको लागि जनतालाई श्रमदानमा खटाएर उनी दैनिकरुपमा आफू पनि उस्तैगरी काममा खटिएका छन् । पाइप बोक्ने, घन चलाउने, ढुंगा, गिटी, बालुवा बोक्ने काममा उनको आजभोलिको दैनिकी वित्ने गरेको छ ।
निर्वाचित भएदेखि नै कार्यालयभित्रको कामभन्दा पनि जनताका समस्या समाधानको लागि मैदानमा खटिएका उनी बजारको फोहरको पनि फोटो खिच्दै, सार्वजनिक गर्दै हिँड्छन् । यिनै कामका कारण उनी अहिले सबैभन्दा चर्चित मेयर बनेका छन् ।
उनको कामबारे प्रसंसा संगै आलोचना पनि भइरहेको छ । कतिपयले मेयर सानातिना कुरामा अल्झेरभन्दा पनि नीति बनाउनेतिर लाग्नु पर्ने भन्दै आलोचना गरिरहेका छन् ।
त्यस्तोे आलोचना गर्ने वि-रोधीहरुलाई मेयर हर्कले सामाजिक संजालमार्फत् जवाफ दिइरहेका छन् । यही सन्दर्भमा उनले आइतबार एउटा फेसबुक सन्देश लेखेर आलोचना गर्नेहरुलाई जवाफ दिएका छन् ।
सामाजिक संजाल फेसबुकमा निकै सक्रिय हर्कले धरानको खानेपानी समस्या समाधानको लागि नगरबासीसंग काम गरिरहेको तस्विर शेयर गर्दै आफूलाई कुल्ली मेयरको संज्ञा दिएका छन् ।
अब कुल्ली मेयरको पावर कस्तो हुन्छ वि-रोधीहरुले छिटै देख्नेछन् भन्दै उनी लेख्छन् ‘कुल्ली मेयरको तर्फबाट सबैलाई नमस्कार । तर कुल्ली मेयरको निर्णय गर्ने र कार्यान्वयन गर्ने क्षमता अनि उसको असली स्वभाव र पावर देख्नेछन विरोधीहरुले छिटै ।
मेयर हर्कको मिहिनेत र काम गर्ने सरल तरिका देखेर अहिले राष्टिय अन्र्तराष्टिय सहयोग पनि जुटिरहेको छ । उनले अब चाँडै धराने जनताको खानेपानी समस्याको दीर्घ-कालिन
समाधान हुने बताएका छन् । खरो अभिब्यक्तिको कारण चर्चामा आउने मेयर हर्कले नगरप्रमुखको गाडी खरिदको लागि आएको पैसाले रोलर किन्ने निर्णय गरेपछि थप चर्चामा छन् ।