२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

मेयर साम्पङ भन्नुहुन्छ – लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ ।

साउन ५,धरान : धरानका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ले लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्ने बताएका छन् ।

उनले सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् । लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ गर्दा विश्वास देखिने उनले बताएका छन् ।

पछिल्लो समय लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्तामा घुसपेट हुने गरेको आरोप लाग्दै आएको छ । हर्क साम्पाङले समसामयिक विषयमा आफ्नो विचार सामाजिक सञ्जाल फेसबुक मार्फत राख्दै आएका छन् ।

उनले लेखेका छन्– लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ हुनु पर्छ ! नत्र विश्वास नहुने देखिन्छ!

२०७९ श्रावण ४, बुधबार प्रकाशित 0 Minutes 246 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।