
साउन ३,धरान : स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क साम्पाङ आफ्नो काममा अविच-लित रुपमा सदावहार लागीरहेका छन् ।
कसैले प्रशंसा गरोस् या ओलोच-ना उनलाई कुनै मतलव छैन ।मेयर साम्पाङले हालै दिएको एउटा अभिव्यक्तिले फेरी देशभर उनको प्रशंसा चुलिएको छ । साधारण जीवनशैली र जनतासँगै घुलमिल गरेर काम गर्ने शैलीका कारण विशिष्ट पहिचान बनाएर
अघि बढिरहेका साम्पाङले निकैनै मन छुने अभिव्यक्ति दिएका छन् । जुन अभिव्यक्तिका कारण उनको प्रशंसा चुलिएको छ ।
मेयर भएर पनि कहिले गिट्टी कु-ट्ने कहिले ढुंगा बोक्ने कस्तो कुल्ली जस्तो मेयर भनेर आलोचना गर्नेहरुलाई मुख बन्द हुने गरी साम्पाङले जवाफ दिएका छन्।
हो म किसान ,मजुदुर नै हो म कुल्ली मेयरनै हो भनेर उनले जवाफ दिएका छन् । जनता भन्दा फरक हुन मन छैन भन्दै साम्पाङले आफुलाई कुल्ली मेयर भनेका छन् ।
आफु साधारण जीवनशैलीमा बस्न चाहने भन्दै साम्पाङले मेयर हुन भन्दा पहिलेको जीवनशैलीमा मेयर भए पछि पनि कुनै फरक नभएको र अब फेरी पनि नहुने बताएका छन् । हिजो पनि जनतासँगै जनता जस्तै भएर बसेको र अहिले पनि जनताभन्दा फरक हुन मन नलागेको उनले भनेका छन् ।
आफुलाई मेयर साब भन्दै कुनै ठूलो मान्छे पल्टन मन नभएको भन्दै साम्पाङले आलो’चकहरुले जतीनै आचोचना गरे पनि केही फरक नपर्ने बताएका छन् । आफुलाई सानो मान्छे भन्दै उनले ठूलो मान्छे पल्टीएर जनता भन्दा टाढा हुनु भन्दा सानो मान्छे भएर जनताको वरिपरी बस्नुमै आफुलाई आनन्द भएको बताए ।
आफुलाई माटो प्रति माया भएको भन्दै ढुगा बोक्ने , डिटि कुट्ने , पाइप बोक्ने काम जनतासँगै मिलेर गर्दा आनन्द आउँने उनले बताएका छन् । जसले माटो छुँदैन उसलाई माटोको माया पनि नहुने पनि उनले दाबी गरेका छन् । माटो नछुनेहरुले नेता भन्दै हिड्न पनि नहुने उनले बताए ।
आफुले केपी ओली , प्रचण्ड र राजेन्द्र लिंदनेलाई पनि धरान बोलाएको भन्दै साम्पाङले उनीहरु पनि आए भने माटो छोएर पठाउँने बताए । माटो भनेको देशको माया भएको भन्दै उनले जसले माटो छोएको हुन्छ उसलाई माटोको माया हुने बताए ।
आलोचकहरुको आलोचनाले आफुलाई केहि फरक नपर्ने भन्दै उनले आफु जस्तो थिएँ त्यस्तै छु र त्यस्तै हुने छु भनेका छन् । कतिपयतले तपाईनै होर मेयर भनेर प्रश्न गर्ने गरेको पनि उनले सुनाएका छन् ।
मेयर भन्ने वित्तिकै ठूलो गाडी चढ्ने, ठूला कुरा गर्ने मान्छे भन्ने बुझाई छ म त्यसो गर्न मन पराउँदिन जे छु यसैमा ठिक छु उनले भनेका छन् ।
तपाईनै होर मेयर भन्नेलाई होइन मेरो भाइ हो भन्ने गरेको भन्दै साम्पाङले हाँसिमजाक पनि गरेका छन् । आफ्नो लागी जनतानै सर्वोपरि भएको भन्दै उनले कार्यालय समयमा कार्यालयमै बसेर जनताको सेवा गर्ने गरेको र विदाको दिनमा जनतासँगै श्रमदानमा सहभागी हुने गरेको साम्पाङले बताएका छन् ।