२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

सिधा कुरा जनतासँगको पहलमा साउदीमा अलपत्र परेका क्षितिज स्वदेश आइपुगे !

साउन ४, काठमाडौं : रोजगारीका लागि साउदी अरब पुगेका एक नेपाली जीवन र मर-णको अवस्थामा पुगे । पि’साबमा रग’त आउने समस्याबाट यति ग्रस्त भए कि उनलाई हिँडडुल गर्न पनि समस्या भयो ।

पैसाको अगाडि जिम्मे-वारीबाट समेत पन्छिने म्यानपावर कम्पनी र साउदीको कम्पनीले ती नेपाली कामदारको समस्यालाई नजर अन्दाज नै गरिरहे । युवा थिए –क्षितिज बिक । ठूलो संघर्ष र प्रयासपछि अन्ततः क्षितिज नेपाल फर्किएका छन् ।

साउदीमा उनले जति ह’न्डर खाए, त्यसबाट त उनले अहिले केही छुटकारा पाएका छन् । तर उनको स्वास्थ्य अवस्था राम्रो भइसकेको छैन । भोजपुर साल्पासिलिछो गाउँपालिका–४ का क्षितिज विक उद्दार पछि नेपाल फर्किएका छन् ।

साउदीमा विरामी पर्दा अल-पत्र परेका विक न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँगको पहलमा बिहीबार नेपाल फर्किएका हुन् ।

कार्यक्रमको ८६८औँ एपिसोडमा विकले आफू काम गर्ने कम्पनी र साउदी पठाउँने म्यानपावर कम्पनीको वेवास्ताका कारण आफ्नो स्वास्थ्य अवस्था जटिल बन्दै गएको गुना-सो गरेका थिए ।

पिसाबमा रगत बग्ने समस्याका कारण उनी डेढ महिना बेड रेस्ट गर्ने अवस्थामा पुगेका थिए । त्यति हुदाँ पनि कम्पनीले उपचा-रका लागि अस्पताल लैजाने तदा-रुकता नदेखाएको उनको गुनासो थियो ।

पि’साबसम्बन्धी कष्ट-प्रद यो रोगका कारण विकले झण्डै डेढ महिना साउदीमा पी-डा झेले । साउदीस्थित नेपाली दूतावासमा पनि उनले गुनासो गरे । यता, उनलाई साउदी पु-र्याउनउे लिंक इन्टरनेशनलका सञ्चालकलाई पनि उनले आफ्नो पीडा बताए ।

तर, कसैले वास्ता नै गरेनन् । जब कार्यक्रममा उनले गुनासो गरे– त्यसपछि म्यानपावर कम्पनी र दूतावासलाई द-बाब बढेपछि विकको स्वदेश फिर्ती सम्भव भयो । स्वदेश फर्किएपछि मनमा शान्ती त मिलेको छ तर पिसाबमा रगत बग्दा भोग्नु पर्ने हैरानी उस्तै छ ।

विकको अहिले आफन्तको निगरानीमा नेपालकै अस्पतालमा उपचार भइरहेको छ । उनलाई पिसाब सम्बन्धी ठ्याक्कै के रोग लागेको भन्ने यकिन भइसकेको छैन् । तर, अहिले पनि यहि रोगका कारण पीडा हुने र हिँडडु-ल गर्न पनि समस्या हुन्छ ।

लिंक इन्टनेशल नामक म्यानपावर कम्पनीबाट साउदी पुगेका विक रियादस्थित अलमुताइरी कम्पनीको सुपर मार्केटमा काम गर्थे । उनी त्यहाँ काम गर्न थालेको ७ महिना मात्रै भएको थियो ।

तर, सुरुवातको दुइ महिना त तलब पनि पाएनन् । इन्द्र बराइली नाम गरेका एजेण्ट मार्फत उनी साउदी पुगेका थिए । विकले एजेण्ट र म्यानपावर कम्पनीबाट क्ष-तिपूर्ति पाउनु पर्ने माग राखेका छन् ।

२०७९ श्रावण ४, बुधबार प्रकाशित 1 Minute 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।