२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

एआईजी विश्वराज पोखरेलले दिए राजी-नामा !

साउन ३, काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हुन पाउ भनी दा’यर गरेको रि’ट सर्वाेच्च अदालतले खारेज गरेपछि अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज

पोखरेलले पदबाट रा’जीनामा दिएका छन् । सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर एआइजी पोखरलले पदबाट राजीनामा दिएका हुन् ।

आफूभन्दा जुनियर धिराजप्रताप सिंहलाई मन्त्रिपरिषद्ले आईजीपी बनाएपछि उक्त निर्णयविरु’द्ध पोखरेलले सर्वोच्चमा मुद्धा दायर गरेका थिए । तर, गत शुक्रबार सर्वोच्चले आईजीपी नियुक्तीमा प्रश्न उठाउने ठाउँ नभएको

आदेश दिएपछि पोखरेल सामू दुई विकल्प थिए– पदबाट राजीनामा दिने कि अवकास पाउनै लागेको जागिर केही समयसम्म खाने ।

यी दुई विकल्पमध्ये सोमबार उनले पहिलो विकल्प रोजेका छन् । अब उनको राजीनमा आईजीपीमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । त्यसपछि उनको राजीनामा मन्त्रिपरिषदले नै स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

२०७९ श्रावण ३, मंगलवार प्रकाशित 1 Minute 281 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।