२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

अब देखि वैदेशिक रोजगारीमा समस्या परे विभाग धाउनु नपर्ने, अनलाइन बाटै उ’जुरी दिन सकिने !

साउन १, काठमाडौं : अबदेखि वैदेशिक रोजगारीमा समस्या परेको खण्डमा अनलाइनबाटै उ’जुरी दिन सकिने भएको छ।
वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै नयाँ

आर्थिक वर्षदेखि अनलाइन प्रणालीमार्फत उजुरी दिन सकिने व्यवस्था मिलाइएको जनाएको छ। अब वैदेशिक रोजगारीमा समस्यमा परेका श्रमिक तथा उनीहरुका आफन्त वा प्रतिनिधिले राहत तथा उद्धारका लागि अनलाइनमार्फत विभागमा उजुरी दिन सक्नेछन्।

यो व्यवस्था संस्थागत श्रम स्वीकृति (म्यानपावरमार्फत विदेश गएका) को हकमा लागू हुनेछ। यसअघि उजु’रीका लागि पीडित श्रमिक वा नीजका आफ्न्त विभागमै धाउनुपर्ने बाध्यता थियो। आ.व ०७८/७९ सम्म वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका कामदार वा नीजका प्रतिनिधिमार्फत उद्धार

तथा राहतको लागि आवश्यक पहल गरिदिन यस विभागमा गरिने संस्थागत उजुरीको दर्ता विभागको मूल दर्ता/चलानी फाँटबाट हुँदै आएकोमा आ.व ०७९÷८० देखि संस्थागत उजुरीको दर्ता (अनलाइन तथा म्यानुअल) गर्ने विभागको

उद्धार तथा राहत समवन्य शाखाबाटै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणलीमा प्रविष्ट गरिने व्यहोरा जानकारी गराइन्छ, विभागद्धारा जारी सूचनामा भनिएको छ। प्रमाण वा आधार पुष्टि हुने कागजात संलग्न गरी पी-डित आफै वा नीजकोे

प्रतिनिधिले उजु’री दिन सक्नेछन्। विभागको राहत तथा उद्धार शाखाको टेलिफोन ०१–४७९२६४८ नम्बरबाट उजुरी सम्बन्धी अध्यावधिक विवरणको जानकारी पी-डतले प्राप्त गर्न सक्नेछन्।

यस्तै उजुु-रीकर्ताले आफ्नो दर्ता उ-जुरी दर्ता नम्बर तथा आफूलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीको नाम यकिन गरी सुरक्षित रुपमा राख्न विभागले अनुरोध समेत गरेको छ।प्रवास खबर बाट

२०७९ श्रावण १, आईतवार प्रकाशित 1 Minute 297 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।