२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

आफ्नै खर्चमा दुबई बाट १६ जनाको श-व ल्याउदै दुर्गा प्रसाई !

साउन १, काठमाडौ : बिएन्डसी अस्पतालका सञ्चालक तथा उद्यमी दुर्गा प्रसाईंले संयुक्त राज्य इमिरेट्स (दुबई)मा मृ-त्यु भई नेपाल ल्याउन नसकेका १६ नेपालीको शव ल्याउने भएका छन्।

उनले पत्रकार सम्मेलनमार्फत आफ्नै खर्चमा १६ जनाको श-व नेपाल ल्याउन लागेको जनाएका हुन्। उद्यमी प्रसाईंले यो घोषणा आफ्नो फेसबुक पेजमा समेत गरिसकेका छन्।

१६ जनाको श-व ल्याउनका लागि दुबईका अध्यक्ष शेख महम्मद जायद अल नायनसँग कुरा गरेको र दुवईस्थित विभिन्न नेपाली संघसंस्थासँग समन्वय गरिसकेको उनले बताए। प्रतिशव ४ लाख नेपाली रुपैयाँ आफैं खर्च गरेर ल्याउने उनले बताएका हुन्।

आफ्नो उद्यमबाट प्राप्त आम्दानीको केही प्रतिशत सामाजिक उत्तरदायित्वमा सेवा गर्ने क्रममा यो पहल गर्न लागेको उनले बताए। प्रसाईं एक साताअघि दुबईका राजकुमारलाई भेट्न र दुबईमा मेडिकल कलेज खोल्ने उद्देश्यका लागि पुगेका थिए।

सोही क्रममा विभिन्न आ-रोपमा दुबईका जेलमा परेका २ सय जना नेपालीको अभियोगमाथि छानबिन गरी जे-लमुक्त गर्ने पहल गरिरहेको समेत उनले जनाए। यसका लागि पनि दुबईका अध्यक्ष नायनसँग समन्वय भएको र निर्दोष ठहरिएकालाई माफी दिलाउन छलफल भइसकेको उनले जानकारी दिए।

जेलमा धेरैजना निर्दोष नेपाली अनेक आरोपमा फसेर थुनामा रहेको दुवई भ्रमणको क्रममा जानकारी पाएँ, त्यसपछि पहल सुरु गरेको हुँ, उनले भने। प्रसाईंको फेसबुक पेजमा सूचना देखेपछि आफू खुसी भएको दुबईको जे-लमा परेका सिन्धुपाल्चोक बाह्रबिसेका धिरन श्रेष्ठका भाइ राजन श्रेष्ठले बताए।

उनले पत्रकारसमक्ष भने, मेरो दाइ निर्दो-ष छ र जे-लमा परेको छ, ५ वर्षदेखि कसैको सम्पर्कबिना जेलमा जीवन बिताइरहेको छ, उनले भने। पटक पटक परिवारबाट उद्धारका लागि गुना-सो आए पनि दुबईस्थित राजदूतावासले उचित पहल नगरेकाले दुवइमा रहेका नेपाली लामो समयदेखि जेलमा बस्नु परेको र शवको उद्धार हुन नसेकेको प्रसाईंको आरोप छ।

श’व उद्धारका लागि सांस्कृतिक कार्यक्रम गरेर रकम संकलन गर्नु भनेको कति हाँस्या-पद कुरा ? कोही होटेलमा नाचेर श-वको उद्धार गर्नु कति उचित ? उनले प्रतिप्रश्न गरे। प्रसाईंले करिब तीन साताअघि दुबईबाट आएका राजकुमार राजाकै

साक्खे छोरा नभएर राजपरिवारको व्यक्ति भएको खुलासा गरे। खास राजकुमार अबको भ्रमणमा आउने कार्यक्रम छ, उनले भने। आफूले पाएको सुनको लौरो भने राजाकै भएको दाबी गरे। देशमा राजनीतिक व्यवस्थाका कारण मुलुक संक-टमा परेको भन्दै संघीयता खारेज गरी हिन्दुराज्यको घोषणा गर्नुपर्ने बताए।

२०७९ श्रावण १, आईतवार प्रकाशित 1 Minute 399 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।