२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

मेयर हर्क साम्पाङलाई सफलता, धरानमा आयो खानेपानी !

असार २९, धरान : लामो समयको पर्खाइपछि धरानमा खानेपानी समस्याको अन्त्य भएको छ । स्थानीय तहको चुनावबाट निर्वाचित भएका मेयर हर्क साम्पाङले धरानमा

भएको खानेपानी समस्याको अन्त्य गरेका छन् ।.खोलाबाट खानेपानी ल्याउनका लागि आफैँ खटिएका साम्पाङ अहिले आनन्दको सास फेरिरहेका छन् ।

स्थानीय चुनावमा खानेपानी समस्याको एजेण्डा लिएर स्वतन्त्रमा उम्मेद्वारी दिएका साम्पाङ विजयी भएलगत्तै खानेपानी समस्याको समाधानका लागि अघि बढेका थिए । धरानमा खानेपानी ल्याउनका लागि खोलामा ढुंगा बोक्नेदेखि लिएर गिट्टी

कुट्नसम्मका लागि उनी खटिएका थिए । धरानमा खानेपानी समस्याको समाधान भएपछि उनले आफ्नो सामाजिक संजालमा लेखेका छन्, म एउटा माध्यम मात्रै हुँ ! गर्ने सबै धराने जनता हुन् !

सबै सबै लाई सबै सबैलाई अति धेरै सम्मानका साथ धन्यवाद ! आज पकुवाको पानी सर्दु छेउको बस्तीमा आइपुग्यो ! यो देख्दा आँखा रसाएकोछ मेरो !

आखिर म जनताको सेवक न परें ! यति सेवा गर्न पाउँदा म अत्यन्तै खुसीछु ! विरोधीहरुका लागि यो सानो काम होला तर मेरो लागि यो कामको अर्थ अपरम्पार छ !

२०७९ असार २९, बुधबार प्रकाशित 0 Minutes 214 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।